४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

दक्षिण अफ्रिकामा महिलाले एकभन्दा बढी श्रीमान् राख्न पाउने कानुनको प्रस्ताव

दक्षिण अफ्रिकामा महिलाले एकभन्दा बढी श्रीमान् राख्न पाउने कानुनको प्रस्ताव
अ+ अ-

मुभुम्बी एनडीजालाको मनमा बारम्बार एक जनासँग मात्रै विवाह गर्ने परम्पराबारे प्रश्न उठ्थ्यो।

उनी आफ्ना बुवाआमालाई "के तपाईँहरू आफ्नो जीवनभर एक अर्कासँग मात्रै बस्नुहुन्छ" भनी सोधेको सम्झिन्छिन्।

"मानिसहरू आफ्नो जीवनमा समयानुकूल बन्नुपर्छ भन्ने सधैँ अनुभव गरेँ," उनले बीबीसीलाई भनिन्।

"तर चलचित्रदेखि स्थानीय गिर्जाघरहरूले एक पटकमा एउटा मात्रै सम्बन्धको पक्षमा वकालत गरिरहे र मैले त्यो अवधारणा कहिल्यै पनि बुझिनँ।"

अहिले ३३ वर्षमा पुगेकी मुभुम्बी सबैको सहमतिमा एक पटकमा धेरै जनासँग प्रेम सम्बन्ध राख्ने समलिङ्गी महिलाका रूपमा आफूलाई चिनाउँछिन्।

उनले दक्षिण अफ्रिकामा एक जनाभन्दा बढी व्यक्तिसँग सम्बन्ध राखिरहेका व्यक्तिहरूका लागि सुरक्षित वातावरण निर्माण गरिरहेको बताउँछिन्।

उनी भन्छन्, "एक कार्यक्रम प्रस्तोतासँग मेरो सम्बन्ध छ जससँग मेरा सन्तान पनि छन् र मेरो अर्का पार्टनर हामी प्रति खुसी छन्।"

उनले थपिन्, "उनी विवाह गर्न चाहँदैनन् तर भविष्यमा म एकभन्दा बढी व्यक्तिसँग विवाहित भएको कल्पना गर्छु। एक समलिङ्गी पनि भएकोले म जुनसुकै लिङ्गका व्यक्तिहरूसँग आकर्षित हुने गर्छु।"

एकभन्दा बढी श्रीमान् भएका महिला
दक्षिण अफ्रिकामा संसारको सबैभन्दा उदारमध्येको संविधान छ जसले सबैलाई समलिङ्गी विवाहको अधिकार दिएको छ भने पुरुषहरूलाई एकभन्दा बढी विवाह गर्ने अधिकार दिएको छ।

अहिले उक्त देशले आफ्नो विवाहसम्बन्धी कानुनलाई अद्यावधिक गर्न छलफल गरिरहेको छ र महिलालाई पनि एक पटकमा एकभन्दा बढी श्रीमान् राख्ने गरी बहुपतिको अधिकार दिने या नदिने भन्ने एउटा महत्त्वपूर्ण प्रश्न छ।

पुरातनवादीहरूले त्यसको चर्को विरोध गरिरहेका छन्। "यसले अफ्रिकाको संस्कृतिलाई ध्वस्त बनाउँछ। यी व्यक्तिका सन्तान के हुन्छन्रु उनीहरूले आफ्नो पहिचान कसरी थाहा पाउँछन्रु" व्यवसायी तथा टेलिभिजन प्रस्तोता मुसाम सेलेगु बताउँछन्।

उनका चार श्रीमती छन्। उनले महिलाले अहिले पुरुषको भूमिका लिन नसक्ने भन्दै कहिल्यै पनि त्यस्तो नसुनिएको बताए।

उनी भन्छन्, "के महिलाहरूले अब पुरुषका लागि दाइजो दिने छन्रु के पुरुषहरूले महिलाहरूको थर अपनाउने छन्रु"

विपक्षी दल क्रिस्चियन डेमोक्र्याटिक पार्टीका कतिपय नेताले पनि यसले समाजलाई ध्वस्त बनाउने चेतावनी दिएका छन्।

नेता रेभेरेन्ड केनेथ मेस्वे भन्छन्, "यस्तो समय आउने छ जुनबेला एउटा पुरुषले भन्ने छ, ुतिमीले अधिकांश समय मसँग नभई त्यो पुरुषसँग बितायौँु र त्यसले दुई पुरुषबीच द्वन्द्व निम्त्याउने छ।" (बीबीसी)