१६ असार २०८३, मंगलवार
,
Latest
लायन्स क्लब अफ विराटनगरको अध्यक्षमा चाँद ईराकी चयन भन्सार विभागको नेतृत्व फेरियो, भरतमणि पाण्डे बने निमित्त महानिर्देशक सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल मधेसबाहेक देशभर वर्षा, कञ्चनपुरमा २४ घण्टामै १४७.४ मिमी वर्षा इरानद्वारा अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार, सम्झौता कार्यान्वयनका लागि विशेषज्ञ प्रतिनिधिमण्डल पठाउने स्थानीय तहका समस्या समाधानमा मन्त्री रावल, मधेशका मुख्यमन्त्रीसगँ गरिन् छलफल काठमाडौं केन्द्रित नार्कको काज प्रथामा अन्त्य, दुर्गममा कर्मचारी अनिवार्य खटाइने ९ दिनदेखि माइतीघरमा दृष्टिविहीनको आन्दोलन: रोजगारी वा बेरोजगार भत्ता माग कोशी प्रदेशसभा बैठक फेरि स्थगित, अब असार १८ गते बस्ने चितवनमा ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिती आले र पवन रानाको ‘आलु जस्तो केटी’ सार्वजनिक (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । गायिका प्रिती आले र गायक पवन रानाको स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौं सामाखुसीमा आयोजीत एक कार्यक्रमबिच ‘आलु जस्तो केटी’ बोलको गीत सार्वजनिक गरिएको हो ।

गायक पवन र गायिका प्रितीको यो दोस्रो सहकार्य हो । यसअघि झण्डै डेढबर्ष अघि ‘भुत्रो मायाजाल’ बोलको गीत सार्वजनि गरेका थिए । जुन गीत शिर्षककै कारण विवादित पनि बन्न पुगेको थियो । अहिले सार्वजनिक ‘आलु जस्तो केटी’ गीतलाई त्यसैगीतको दोस्रो पार्टमा रुपमा लिइएको छ ।

सार्वजनिक कार्यक्रममा गायिका प्रितीले यसपटक पनि डान्सिङ गीत दर्शक तथा स्रोतामाफ ल्याएको जानकारी गराइन् । आफूले समय समयमा फरक फरक शैलीका गीत गाउन रुचाउने भन्दै यसपटक पनि केहि फरक गीत सार्वजनिक गरेको बताइन् । ‘लोक गीत सुन्ने दर्शकका लागी केहि नयाँ हुन सक्छ तर लोकगीत भनेर नबुझिदिनुहोला । कतिपय लोकपप् गीतलाई पनि लोक दोहोरी गायिकाले के गीत गाएको भन्ने प्रश्न गर्नुहुन्छ तर मलाई सबै किसिमको गीत गाउन मन पर्छ ।’ प्रितीले भनिन् । ‘डान्सिङ गीतलाई त्यहि अनुसार लिइदिनुहोला ।’

गायिका प्रितीले गीतको शिर्षक किन विवादित बनाउन खोज्नु हुन्छ भन्ने  सञ्चारकर्मिहरुले गरेको प्रश्नमा गीतको शिर्षक हेरेर गीतको मुल्यांकन नगरिदिन अनुरोध गरिन् । प्रितीले अघि भन्छिन्, ‘खासमा केटा र केटी बिचको सम्वाद हुने समयमा रिसाउन प्रयोग गर्ने शब्द हो, आलु जस्तो केटा अथवा आलु जस्तो केटी । आलु भन्ने शब्द नराम्रो होइन’ प्रितीले विवादमा ल्याउनकै लागी यस्तो शिर्षन नराखेको भन्दै प्रष्ट पारिन् ।

यस्तै गीतका गायक पवन रानाले यसअघि गायिका प्रितीसँगको सहकार्यमा दर्शक तथा स्रोताले मन पराइदिनु भएकाले यसपटक पनि सहकार्यलाई अगाडी बढाएको बताए । दर्शक तथा स्रोताको चाहाना अनुरुप यस गीत ल्याएको पवनको भनाई छ । ‘अहिलेको गीत डान्सिङ गीत हो । त्यसैले दोहोरी गीत भनेर नबुझिदिनु होला । दोहोरी गीत किन यस्तो शिर्षक भन्ने प्रश्न गर्नुहुन्छ तर दोहोरी गीतका गायकले फरक शैलीका गीत पनि गाउनुहुन्छ भन्ने बुझिदिनुहुन अनुरोध गर्छु ।’ गीतमा शब्द पनि प्रिती आलेले नै लेखेकी छिन्  भने संगीत पवन रानाको रहेको छ । एरेन्ज विपिन आचार्यको छ ।

गीतमा पवन र प्रितीले पनि अभिनय गरेका छन् । यस्तै उनीहरुसँगै भिडियोमा रञ्जन पाण्डे र अलिसा शर्माको पनि अभिनय छ । भिडियोमा लगानीसमेत गरेका रञ्जनले गीत राम्रो लागेको कारण प्रिती र पवनको टिमसँग जोडिएको बताए । रञ्जनको अभिनयको हिसाबमो यो पहिलो भिडियो हो । यस्तै भिडियोमा ‘द नेक्स्ट’ ग्रुपका प्रदीप लामाको कोरियोग्राफि तथा निर्देशन रहेको छ ।