९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजी क्षेत्रमा उत्पन्न समस्यालाई राज्यले द्विपक्षीय संवादद्वारा हल गर्नेछ : मन्त्री भुसाल



अ+ अ-

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले केवल टेलिभिजन व्यवसायीहरुको मागलाई सम्बोधन गर्ने प्रतिवद्धता जनाउनु भएको छ । बुधबार केवल टेलिभिजन व्यवसायी महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै मन्त्री भुसालले केवल टेलिभिजन व्यवसायीहरुको मागलाई सम्बोधन गर्ने बताउनु भएको हो । 

उहाँले सरकारले सञ्चारलाई गाउँ–गाउँमा पुर्याउनु पर्ने काम निजी क्षेत्रले गरिरहेको बताउनुभयो । मन्त्री भुसालले विज्ञान प्रविधिको विकासले अहिले सबैसँग हातको मोबाइल चिप्समा संसार भएको भन्दै ती सबैलाई नियमन, अनुगमन र नियन्त्रण कसरी गर्ने भन्ने कुरा सरकारले हेर्नुपर्ने बताउनुभयो । उहाँले निजी क्षेत्रले व्यवसाय र पेशामै प्रभाव पारेको भन्दै मन्त्री भुसालले पेशागत जीवनमा परेका समस्या र चुनौतिहरुलाई सरकारले सकारात्मक ढंगले ग्रहण गर्ने र संवाद द्वारा केवल टेलिभिजन व्यवसायीहरुको मागको हल निकाल्ने बताउनुभयो ।

मन्त्री भुुसालले भन्नुभयो, ‘हामीले प्राप्त गरेको राजनीतिक अधिकारमा पाएको महत्वपूर्ण अधिकार सूचनाको हक हो, यो अधिकार ल्याउन सञ्चारमाध्यम र सञ्चारकर्मीहरुको ठूलो हात छ, हामीले अहिलेको परिवर्तन, राजनीतिककर्मी, आम जनता र सञ्चारकर्मीहरुको कुल योगले पाएका हौँ, हामीले अहिले धेरै अधिकारलाई संस्थागत गर्न सकेका छौँ, हाम्रो देशमा साढे सातसय भन्दा बढी त एफएमहरु छन्, न्यूज नै आफूले मात्रै बनाएर ब्रोडकास्ट गर्न पाउने अधिकार नेपालमा मात्रै हो, अरु देशमा सरकारले बनाएका समाचार छाप्ने हो, हामीले मोबाइल, चिप्स जस्ता सामग्रीबाट हातहातमा पाएको समाचारको र सूचनाको हकलाई न्यूनिकरण गर्नुहुँदैन, केवल टेलिभिजन व्यवसायी साथीहरुले गाउँ–गाउँ, ठाउँ–ठाउँमा पुगेर राज्यले दिनुपर्ने सेवालाई निजी क्षेत्रलेप नि दिएको छ, म त्यसलाई सम्मान गर्दछु, राज्यका आज आफ्नो टेलिफोन, टेलिभिजन हुँदाहुँदै निजी प्रदायकहरु पनि हुनुहुन्छ, सँगै विज्ञानको प्रविधिले सबैका एउटा हातमा मोबाइल, चिप्सहरुमा संसार छ, त्यसको नियमन, अनुगम, नियन्त्रण कसरी गर्ने ? आदिबारे पनि चुनौतिहरु छन्, जसको अलि बढी सामना राज्यका हकमा पनि हुन्छ यो, यसलाई नियमन र नियन्त्रण गर्ने कुरा तर निजी क्षेत्रले व्यवसाय र पेशामै प्रभाव पार्ने भएकोले म यहाँहरुलाई के प्रतिवद्धता जनायन चाहन्छु भने यहाँहरुका पेशागत जीवनमा परेका समस्या र चुनौतिहरुलाई राज्यले सकारात्मक ढंगले ग्रहण गर्नेछ, मैले पनि नेपाल सरकारको मन्त्रीको हैसियतले सकारात्मक रुपले ग्रहण गर्नेछु र संवादद्वारा समाधान गर्ने कुराको पनि विश्वास दिलाउँछु ।’

मन्त्री भुसालले सबैको अभिभावक भएकोले सरकारले निजी र सामुदायिक क्षेत्रका र जनताका समस्याको समाधान गर्ने बताउनुभयो । उहाँले आजको विद्युत प्राधिकरणको बैठकमा पोल भाडा वृद्धिको विषयमा छलफल गर्ने बताउनुभयो ।