५ श्रावण २०८३, मंगलवार
,
Latest
साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबीच सहकार्य एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन कीर्तिपुरमा आगलागी भएको गाडीबाट पुरुषको शव बरामद वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव वैदेशिक रोजगारका ४० हजारभन्दा बढी पुराना फाइल डिजिटलाइज गरिँदैः ठगी शुन्यमा झार्ने श्रममन्त्रीको उद्घोष ज्येष्ठ नागरिकको अधिकारको विषयमा छुट्टै महासन्धि बन्दै प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीविरुद्ध मात्र उजुरी, साउन १२ र १३ गते सुनुवाई हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बूढानीलकण्ठमा २२ उम्मेदवारको मनोनयन फिर्ता



अ+ अ-

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिकामा २२ उम्मेदवारले मनोनयन फिर्ता लिएका छन् । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको बूढानीलकण्ठमा वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि यही वैशाख ११ र १२ गते मनोनयन दर्ता गरेका उम्मेदवारमध्ये २२ उम्मेदवारले शुक्रबार साँझ मनोनयन फिर्ता लिएका हुन् ।

बूढानीलकण्ठ नगरपालिकाका निर्वाचन अधिकृत चमिला भट्टराईले २२ वडाध्यक्ष एवं वडा सदस्यले मनोनयन फिर्ता लिएको जानकारी दिनुभयो । नगरप्रमुख र उपप्रमुखमा भने कसैले उम्मेदवारी फिर्ता लिएका छैनन् । बूढानीलकण्ठ नगरपालिकाको नगरप्रमुखमा १५ र उपप्रमुखमा छ जनाको उम्मेदवारी परेको थियो । बाइस जनाले उम्मेदवारी फिर्ता लिएसँगै अब बूढानीलकण्ठमा ६७ पदका लागि २८६ जना प्रतिस्पर्धामा हुनुहुन्छ ।

बूढानीलकण्ठमा कांग्रेसबाट नगरप्रमुखमा विनोद चालिसे र उपप्रमुखमा रमिला वाग्ले, नेकपा ९एमाले०बाट नगरप्रमुखमा मीठाराम अधिकारी र उपप्रमुखमा अनिता लामा, नेकपा (माओवादी केन्द्र)बाट नगरप्रमुखमा डम्बरप्रसाद अधिकारी र उपप्रमुखमा कमला गौतमले उम्मेदवारी दिनुभएको छ ।

विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा बूढानीलकण्ठ नगरपालिकाको प्रमुखमा एमालेका उद्धव खरेल र उपप्रमुखमा एमालेकै रमादेवी राई निर्वाचित हुनुभएको थियो । उक्त नगरपालिकामा १३ वडा रहेका छन् ।