५ श्रावण २०८३, मंगलवार
,
Latest
निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुषामा १०९ ले फिर्ता लिए उम्मेदवारी



अ+ अ-

जनकपुर । धनुषामा प्रमुखका चार उम्मेदवारसहित १०९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । जिल्लामा प्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्य गरी कूल १०९ ले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो ।

धनुषामा एक उपमहानगर, ११ नगरपालिका र छ गाउँपालिका गरी कूल १८ स्थानीय तहमध्ये उपमहानगरका प्रमुख पदका दुई, नगरपालिकाका दुई प्रमुख र गाउँपालिकाका एक अध्यक्ष पदका उम्मेदवारसहित १०९ जनाले उम्मेदवारी फिर्ता लिएको जनाइएको छ ।

मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जनकपुरधाम उपमहानगरमा उम्मेदवारी दिएकामध्ये प्रमुखका दुईसहित १५ ले उम्मेदवारी फिर्ता लिएको जानकारी दिनुभयो । यहाँ प्रमुख पदमा उम्मेदवारी दिएका वैद्यनाथ साह, नन्दकुमार भगत, उपप्रमुखका उम्मेदवार विश्वनाथ साह सुडी तथा ११ जना वडाध्यक्ष र एक सदस्य पदले मनोनयन फिर्ता लिएका छन् ।

मिथिला नगरमा प्रमुखका दुई उम्मेदवारसहित ११ ले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत दीपक धितालले बताउनुभयो । उहाँका अनुसार प्रमुखमा हरिनारायण महतो र चन्देश्वर महतोले उम्मेदवारी फिर्ता लिनुभएको हो । वडाध्यक्षका पाँच र वडा सदस्यका चारले उम्मेदवारी फिर्ता लिएका छन् ।

धनुषाधाम नगरमा एक उपप्रमुखको उम्मेदवारसहित वडाध्यक्षका दुई तथा सदस्यका चार गरी सातले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विदेह नगरमा वडाध्यक्षका दुई र महिला सदस्यका तीनद्वारा उम्मेदवारी फिर्ता भएको छ ।

हंसपुर नगरमा एक सदस्य र एक दलित सदस्यसहित दुई, सबैला नगरमा छ वडाध्यक्ष र एक वडा सदस्यले उम्मेदवारी फिर्ता लिएको स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् । त्यस्तै क्षीरेश्वरनाथ नगरमा वडाध्यक्षका तीन, सदस्यका चार, दलित महिला सदस्य दुई र महिला सदस्य एक गरी दशले उम्मेदवारी फिर्ता लिएका छन् । सहिदनगर नगरमा वडाध्यक्षका एक, सदस्यका दुई, दलित सदस्य दुई र महिला सदस्य दुईले उम्मेदवारी फिर्ता लिएको जनाइएको छ ।

यस्तै नगराइन नगरमा वडाध्यक्षका चार, सदस्यका सात र महिला सदस्य पदका तीन गरी १४ ले उम्मेदवारी फिर्ता लिनुभएको छ । नगराइन, मिथिला विहारी र कमला नगरमा वडाध्यक्षका एक÷एक जनाले उम्मेदवारी फिर्ता लिनुभएको छ । गणेशमान चारनाथ नगरमा भने तीनले उम्मेदवारी फिर्ता लिएका हुन् ।

बटेश्वर गाउँपालिकामा एक अध्यक्ष, एक वडाध्यक्ष तथा दलित महिला सदस्यका एक उम्मेदवारले फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । धनौजी गाउँपालिकामा अध्यक्षका एक तथा दुई वडाध्यक्षद्वारा उम्मेदवारी फिर्ता लिएका हुन् ।

यस्तै मुखियापट्टी, मुसहरनियाँ गाउँपालिकामा तीन, औरही गाउँपालिकामा तीन वडाध्यक्षसहित सात, लक्ष्मीनियाँ गाउँपालिकामा आठ र जनकनन्दिनी गाउँपालिकामा दुईले उम्मेदवारी फिर्ता लिएका छन् ।




भर्खरै