• २४ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 6 2024
  •   Unicode
Logo
Latest
★   भक्तपुर अस्पताल बन्यो देशभरकै उत्कृष्ट ★   ललितपुर महानगरको ‘सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी’ अभियान शुरु ★   नरेन्द्र मोदीले ८ जुनमा शपथ लिने, प्रधानमन्त्री प्रचण्डसहित छिमेकी देशका नेताहरूलाई निमन्त्रणा ★   सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, तोलामा कति पुग्यो? ★   बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा अपराध अनुसन्धानका इन्सपेक्टर पक्राउ ★   सुरक्षा अधिकारीद्वारा चीनसँगको सीमा क्षेत्रको निरीक्षण ★   दक्षिणकालीको भीरमा एक महिला र पुरुषको शव भेटियो ★   विश्वकप छनोट: नेपाल र युएई भिड्दै ★   मधेश प्रदेशको मुख्यमन्त्रीमना सतिश सिंहलाई उम्मेदवार बनाउने जनमतको निर्णय ★   टी–२० विश्वकपः अष्ट्रेलियाले ओमानलाई ३९ रनले हरायो

प्रतिकूल मौसमले उडान प्रभावित



काठमाडौं । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान सामान्य प्रभावित भएको छ ।

मौसमको खराबीले ‘भिजिबिलिटी’ कमजोर हुँदा एयरलाइन्सलाई उडान अवतरणमा असहजता पैदा भएको छ । काठमाडौँ बाहिरका विभिन्न विमानस्थलमा पनि उडान सामान्य प्रभावित बनेको जनाइएको छ ।

विशेषगरी देशको पूर्वी भेगमा बढी वर्षा भएकाले उडान प्रभावित भएको छ । बुद्ध एयरको तुम्लिङटार उडान रद्द भएको कम्पनीका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिनुभयो । विराटनगर विमानस्थल भर्खरै खुलेको छ । अन्य विमानस्थल पनि उडानमा सहजता भइरहेको एयरलान्सले जनाएका छन् ।

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले मौसम खराबीले काठमाडौँसहित देशभरका विभिन्न विमानस्थलमा उडान प्रभावित भएको बताउनुभयो । “प्रतिकूल मौसमले ठाउँठाउँका विमानस्थलमा उडान समस्या आएको थियो, अहिले बिस्तारै सहज बन्दै गएको छ । बर्षाका बेला आइएफआर उडान मात्रै भएका थिए”, उहाँले भन्नुभयो । उहाँका अनुसार यती एयरलाइन्सका कुनै पनि जहाज रद्द नभएको तर धेरै उडान ‘मोडिएका’ थिए ।

अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ हेलिकप्टरसहित २० वायुसेवा प्रदायकले उडान भर्दै आएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालसम्मको न्यूनचापीय प्रणाली र स्थानीय वायु गरी तीन वटा संयुक्त मौसमी प्रणालीको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले थप केही दिन बदली र वर्षा हुने महाशाखाको अनुमान छ ।