८ भाद्र २०८३, सोमबार
,
Latest
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘गेट अफ हेल’ को रहस्य !



अ+ अ-

पहिलोपटक यमनको 'गेट अफ हेल' अर्थात् 'नर्कको द्वार' को रहस्य के छ भन्ने पत्ता लगाउन एउटा अध्ययन टोली गुफाभित्र पसेको छ।

प्राकृतिक आश्चर्यका रूपमा लिइँदै आएको यो गुफा करिब ३० मिटर चौडा र ११२ मिटर गहिरो छ। यो गुफा भित्र पस्न अहिलेसम्म कसैले पनि साहस गरेको थिएन । 

स्थानीय मानिस लामो समयदेखि यो गुफाबाट टाढा रहँदै आएका थिए। स्थानीय किंवदन्तीमा त अझ जो गुफामा प्रवेश गर्छ उसले श्राप पाउँछ भन्ने छ ।

सदियौँदेखि यसले 'जीनी' भनिने कुनै पनि इच्छा पूरा गरिदिनसक्ने शक्ति भएको लोककथाको काल्पनिक पात्रलाई आश्रय दिँदै आएको किंवदन्ती रहेको छ।

यमनको गुफा अध्ययन टोलीले गुफामा स्ट्यालग्माइटस(खनिजको तह) र गुफा मुनि मोती फेला पार्‍यो जुन क्याल्सियम लवणमा वर्षाको तप तप झर्ने पानीबाट बन्छ।

उनीहरूले सर्प र विभिन्न मरेका जनावर पनि फेला पारे। (बीबीसी)