९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी प्रदेशसभाको बैठक एक साताका लागि स्थगित



अ+ अ-

एजेन्सी । लुम्बिनी प्रदेश सभाको बैठक फेरि एकसाताका लागि स्थगित भएको छ । 

यसअघि पटक पटक स्थगित हुँदै आएको बैठक आज (बुधवार) दिउँसो १ बजेका लागि बोलाइएको थियो ।

प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै प्रदेश सभाको नवौं अधिवेशनको छैठौं बैठक स्थगित भएको जनाएको हो । 

प्रमुख विपक्षी दल नेकपा एमाले संसदीयदलले पार्टीको विधान महाधिवेशनमा सहभागी हुनु पर्ने कारण देखाए पछि बैठक सारिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेश सभाको अर्को बैठक यहीअसोज २० गते बुधबार दिउँसो १ बजेका लागि बोलाइएको छ । 

एमालेले आफूले कारबाही गरेका प्रदेश सभा सदस्य अजयशाही र बिमला कुमारी खत्रीवलीलाई पदमुक्त गरेको सदनलाई जानकारी गराउन माग गर्दै प्रदेश सभाको नवौं अधिवेशनको पहिलो बैठकदेखिनै बैठक अवरुद्ध गर्दै आएको छ ।