१६ असार २०८३, मंगलवार
,
Latest
कोशी प्रदेशसभा बैठक फेरि स्थगित, अब असार १८ गते बस्ने चितवनमा ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह सरकारले हुलाक सेवालाई पनि निजी क्षेत्रको सहकार्यमा अघि बढाउने योजना बनाएको छः सञ्चारमन्त्री तिमिल्सिना जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा जलवायु अनुकूलनमा नेपाललाई १ अर्ब ३३ करोड अनुदान, ६० हजार घरधुरी लाभान्वित रास्वपाले अद्यावधिक केन्द्रीय सदस्यको अन्तिम नामावली सार्वजनिक, पूजा बास्तोला र ध्रुव थापा मगर थपिए दुई सातामै उठ्यो ४२ करोड बढी बक्यौता, भाडा नतिर्ने उद्योगको लाइन काटियो सुनको मूल्य एकैदिन तोलामा ४ हजार ५०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तो मध्यपूर्व युद्धविराम पछि श्रीलङ्कामा इन्धनको मूल्यमा गिरावट रुट इजाजत विवादमा ट्रक व्यवसायीको जित, सर्वोच्चद्वारा रिट जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अख्तियारको टोली मुख्यमन्त्री कार्यालयबाट कागजात लिएर फर्कियो



अ+ अ-

जनकपुरधाम । अख्तियारको टोली  प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट कागजात लिएर फिर्ता भएको छ । 

बर्दिबासस्थित अख्तियार कार्यालयमार्फत गएको टोलीले मुख्यमन्त्री कार्यालयमा बुधबार दिउँसो छापा मारेको थियो ।

टोलीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कर्मचारीहरुसँग समेत सोधपुछ गरेर फर्किएको बताइएको छ ।

प्रदेश–२  सरकारले छोरीहरू विद्यालय पठाउने कार्यलाई उत्प्रेरित गर्नेगरी ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । 

उक्त कार्यक्रमअन्तर्गत बालिकाहरूलाई साइकल वितरण गरिँदै आएको छ । उक्त साइकल खरिद र वितरण कार्यमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले त्यससम्बन्धी कागजात लिन छापा मारेको हो ।

थप समाचारः प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा, कागजात नियन्त्रणमा