काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काको शपथ बदर गर्न माग गर्दै सर्वोच्चमा परेको रिटको सुनुवाइ आज नहुने भएको छ ।
सर्वोच्चले सपथ सम्बन्धी रिटलाई ‘हेर्न नभ्याउने’मा राखेको छ । न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा सुनुवाइ तोकिएकोमा सर्वोच्चले हेर्न नभ्याइने जनाएको हो ।
गत ६ असोजमा सर्वोच्चमा अधिवक्ता विशाल न्यौपानेले खड्काले परराष्ट्रमन्त्रीका रूपमा लिएको पद तथा गोपनीयताको शपथ बदर गर्न माग गर्दै रिट दायर गरेका थिए ।
अधिवक्ता न्यौपानेले रिटमा कानुनी व्यवस्थाविना नै मन्त्री खड्काको शपथ भएको उल्लेख गरेका छन् ।
संविधानको धारा ८० अनुसार संघीय कानुन बनाएर मात्र शपथको व्यवस्था गर्न रिटमा माग गरिएको छ । सो व्यवस्था अनुसार शपथ नलिएसम्म खड्कालाई परराष्ट्रमन्त्रीको हैसियतमा काम नगराउन अधिवक्ता न्यौपानेले अन्तरिम आदेश माग गरेका छन् ।