१९ आश्विन २०८१, शनिबार
,
Latest
बाँकेको गिजरा सामुदायिक वनबाट चितुवा नियन्त्रण आज कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा कुन–कुन पालिका भए विपद् संकटग्रस्त घोषित ? नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको आराधना गरिँदै पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप
तपाईं के खोज्दै हुनुहुन्छ ?

दसैँ लक्षित बजार अनुमगन र साँगा नाकामा कडाइ गर्न आग्रह



अ+ अ-

भक्तपुर । दसैँ नजिकिएसँगै कालोबजारी मौलाउँदा उपभोक्ता ठगिने गरेको भन्दै जिल्लाका नगर प्रमुख एवं विभिन्न पार्टीका प्रतिनिधिले बजार अनुगमनलाई कडाइ गर्न माग गरेका छन् । 

उहाँहरुले उपभोक्तालाई ठगिबाट जोगाउन तथा कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनगर गर्दै उपत्यकमा बाहिर जाने र भित्रिने नाकामा कडाइ गर्न भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई आग्रह गर्नुभएको हो । 
    
मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले कोरोना भाइरसको जोखिम उच्च रहेको अवस्थामा दसैँ तथा तिहारमा उपत्यका छाडेर बाहिर जाने र उपत्यका भित्रिनेको भीड रहँदा कोरोनाको जोखिम बढ्ने भएकाले साँगा नाकामा कडाइ गर्न आग्रह गर्नुभयो । उपत्यकाबाट बाहिर जानेले कोरोना सङ्क्रमण गाउँगाउँमा फैलाउन सक्ने र उपत्यका भित्रिनेले कोरोना लिएर आउन सक्ने हुँदा उपत्यकामा महामारी फैलिन नदिन नाकामा कडाइ गर्नुपर्ने उहाँको भनाइ थियो ।  
    
चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले प्रहरी प्रशासनले नाका कडाइ गरेर उपत्यकालाई कोरोना महामारीको तेस्रो लहरबाट जोगाउनुपर्ने बताउनुभयो । सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले कोरोना यस्तै हो भनेर लापरबाही गर्न नहुनेमा जोड दिँदै आउन सक्ने महामारीको तयारी र नाकामा कडाइलाई सँगसँगै लैजानुपर्नेमा जोड दिनुभयो ।
    
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले सार्वजनिक यातायातमा यात्रुको भीड लाग्ने गरेको र स्वास्थ्यमापदण्ड लागू नभएकाले कोरोना महामारीको जोखिम बढ्दै गएको भन्दै यातायात व्यवसायीलाई सचेत गराउनुपर्ने आवश्यकता आँैल्याउनुभयो ।

नेपाली कांग्रेसका प्रतिनिधि राजाराम कार्कीले राजनीतिक दलले भेला गर्ने, जुलुस गर्ने, भाषण गर्न मिल्ने हामीले सामान्य कार्यक्रम गर्न नमिल्ने भन्दै जनताले दलहरुको कार्यक्रमप्रति आक्रोस व्यक्त गरेको बताउनुभयो । उहाँले दसैँको मुखमा बजारमा कालोबजारी बढेको भन्दै अनुगमन कडाइ गर्नुपर्नेमा जोड दिनुभयो । 
    
नेपाल मजदूर किसान पार्टीका जिल्ला अध्यक्ष न्हुच्छेभक्त फोजूले भक्तपुर भित्रिने साँगा नाका कडाइ गर्नुपर्ने र बजारमा व्यापारीले गरेको ठगिलाई अपराधकै मान्यतामा राखेर कारबाही गर्नुपर्ने बताउनुभयो ।
    
राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष शिवहरि खनालले बजार अनुमगनलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले बजार अनुगमन गर्ने तर कारबाही नगर्ने हुँदा अपराध मौलाएको भन्दै कारबाहीको नीति ल्याउनुपर्ने बताउनुभयो ।
    
प्रमुख जिल्ला अधिकारी शर्माले दसैँ लक्षित बजार अनुगमन तीव्र पारिने बताउँदै अनुगमनमा अनियमितता गर्नेलाई कारवाही गर्ने बताउनुभयो । उहाँले चाडबाड लक्षित सुरक्षा व्यवस्थालाई कडाइ पार्ने पनि बताउनुभयो । (रासस)