• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँः मन्त्री श्रेष्ठ ★   एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान ★   राप्रपा भक्तपुर अध्यक्षमा कार्की निर्वाचित ★   प्राकृतिक सम्पदाको उपयोगबाट आत्मनिर्भरता बन्दै म्याग्दी ★   स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड ★   यार्सा टिप्न गएका युवकको भीरबाट लडेर मृत्यु ★   ज्ञानेन्द्र शाह सत्ताच्यूत हुनुमा कमल थापा र भेषबहादुर थापाको हात छः डा. सुरेन्द्र केसी ★   दरबारनिकट डा. सुन्दरमणि दीक्षितको दाबीः ‘दरबार हत्याकाण्ड दिपेन्द्रले गराए, कारण लभ अफयर’ ★   ओलीको असन्तुष्टिः सरकारले सत्तारुढ दलहरुसँग परामर्श नगरी बजेट ल्यायो ★   यी हुन् टी–२० विश्वकप जित्ने मुख्य तीन दावेदार

‘बिट्वीन लाइन्स एन्ड लेयर्स’ कलाचित्र प्रदर्शनी (फोटो फिचर)



काठमाडौँ । काठमाडौँ विश्वविद्यालय स्कुल अफ आर्ट्स बीएफए चौथो वर्षमा पढिरहेका विद्यार्थीले तयार गरेको ‘बिट्वीन लाइन्स एन्ड लेयर्स’ नामक कलाचित्र प्रदर्शनीमा अवलोकनकर्ताको आकर्षण बढेको छ ।

कलाकार कविराज लामाको प्रशिक्षणमा विद्यार्थीले तयार गरेका ४३ वटा कला प्रदर्शनीमा राखिएको छ । गत चैत २९ गतेदेखि सिद्धार्थ आर्ट ग्यालरीमा सुरु भएको प्रदर्शनी यही वैशाख २९ गतेसम्म जारी रहने छ ।

विद्यार्थीले आ–आफ्नै सोच, अनुभव र विचारलाई ‘इचिङ’ र ‘एक्वाटिन्ट’मार्फत चित्रण गरेका छन् । विद्यार्थी कुशल कार्कीले ‘न्यारेटिभ्स इन नेचर’ शीर्षकमा चित्र कोरेका छन् । उनका अनुसार प्रकृतिमा जनावरको सम्बन्ध सिकार र सिकारीको बीचमा भ्रम भइरहन्छ । यसले नै सबै कुरालाई सन्तुलनमा राखिरहन्छ । त्यस्तै अर्का कलाकार विद्यार्थी सन्तोष गुरुङले सेरेनिटी (शान्ति) शीर्षकमा चित्र कोरेका छन् ।

उनी भन्छन, “हामी सबैको एउटा यस्तो ठाउँ हुन्छ जहाँ शान्ति महसुस गर्न सक्छौँ । यहाँ जीवनका अपरिचितपानामा पाइने शान्तिलाई मैले चित्रमा उतारेको छु । यही मेरा गाउँका दृश्यहरु मेरा कामका विषयहरु हुन् जहाँ मैले खोजेको निश्चलपन भेट्टाएको छु । कुनै पनि सङ्घर्ष र बाधाबिना पाइने शान्तिलाई नै मैले प्रस्तुत गरेको छु ।” विभिन्न तरिकाबाट छाप निकाल्ने विधि अपनाएर विद्यार्थीले थरिथरिका प्रक्रिया अनुभव गर्दै दुई सेमेस्टरमा यी काम गरिएका हुन् । रासस