१६ असार २०८३, मंगलवार
,
Latest
लायन्स क्लब अफ विराटनगरको अध्यक्षमा चाँद ईराकी चयन भन्सार विभागको नेतृत्व फेरियो, भरतमणि पाण्डे बने निमित्त महानिर्देशक सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल मधेसबाहेक देशभर वर्षा, कञ्चनपुरमा २४ घण्टामै १४७.४ मिमी वर्षा इरानद्वारा अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार, सम्झौता कार्यान्वयनका लागि विशेषज्ञ प्रतिनिधिमण्डल पठाउने स्थानीय तहका समस्या समाधानमा मन्त्री रावल, मधेशका मुख्यमन्त्रीसगँ गरिन् छलफल काठमाडौं केन्द्रित नार्कको काज प्रथामा अन्त्य, दुर्गममा कर्मचारी अनिवार्य खटाइने ९ दिनदेखि माइतीघरमा दृष्टिविहीनको आन्दोलन: रोजगारी वा बेरोजगार भत्ता माग कोशी प्रदेशसभा बैठक फेरि स्थगित, अब असार १८ गते बस्ने चितवनमा ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिलोत्तमामा रेविजविरुद्धको निःशुल्क खोप अभियान



अ+ अ-

रुपन्देही । तिलोत्तमा नगरपालिकाले रेविजविरुद्धको निःशुल्क खोप अभियान सञ्चालन गरेको छ । विश्व रेविज दिवस २०७८ को अवसरमा पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय लुम्बिनी प्रदेशको सहकार्यमा नगरपालिकाले १७ वटै वडामा सो अभियान सञ्चालन गरेको हो ।

 यही असोज १२ गतेदेखि सुरु भएको रेविजविरुद्धको निःशुल्क खोप अभियान असोज १८ गतेसम्म चल्ने छ । असोज १२ गते वडा नं १, २ र ५ तथा १३ गते वडा नं ३, ४ र ६ मा खोप अभियान सम्पन्न भइसकेकोे छ भने असोज १४ गते वडा नं ८, ११ र १२, १५ गते वडा नं ९ र ७, १६ गते वडा नं १३ र १४, १७ गते वडा नं १० र १७ तथा १८ गते वडा नं १५ र १६ मा यो अभियान सञ्चालन हुने नगरपालिका पशु शाखाका प्रमुख राजु कुँवरले जानकारी दिनुभयो । 

समुदायमा छाडा छोडिएका कुकुरलाई मुख्य प्राथमिकतामा राखेर रेविज विरुद्धको खोप अभियान चलाइएको र दोस्रो प्राथमिकतामा घरपालुवा कुकुरलाई खोप लगाइने उहाँले बताउनुभयो । 

रेविज विरुद्धको खोप अभियानमा नगरपालिकाअन्तर्गत पशु शाखाका प्राविधिक खटिएका छन् । रेविजरोग कुकुर तथा अन्य जङ्गली जनावरको टोकाइबाट मानिसमा सर्ने प्राणघातक रोग हो । रेबिज सङ्क्रमित जनावरले टोक्दा ¥यालबाट मानिसको शरीरभित्र भाइरस प्रवेश गर्ने गर्छ । यो रोग लागेको व्यक्तिमा ज्वरो आउने, घाउ भएको ठाउँमा दुख्ने, झम्झमाउने, घोचे, पोले जस्तो हुने, भाइरस मस्तिष्कसम्म पुगेपछि मस्तिष्क तथा स्नायु सुनिने, पानीदेखि डराउनेलगायत लक्षण देखिन्छ । (रासस)