२४ भाद्र २०८३, बुधबार
,
Latest
एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी विश्वमै असाधारण विपत्ति : टनेल विशेषज्ञ आर्नोल्ड डिक्स रास्वपालाई विपद्‌मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन कांग्रेसभित्रका मतभेद संवादबाटै समाधान गर्छौँ: देउवा विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानको सत्तारुढ दलको अध्यक्षमा फुमिओ किशिदा विजयी, प्रधानमन्त्रीका लागि बाटो खुला



अ+ अ-

काठमाडौं । जापानमा नयाँ प्रधानमन्त्रीका लागि सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) को बुधबार सम्पन्न मतदानमा पूर्व विदेशमन्त्री फुमिओ किशिदा विजयी हुनु भएको छ । उहाँ केही दिनभित्रै जापानको प्रधानमन्त्रीमा नियुक्त हुनु हुनेछ ।

जापानका हालका प्रधानमन्त्री योशुहिडे सुगाले आफू प्रधानमन्त्री पदका लागि प्रत्यासी नरहेको घोषणा गरेसँगै दलको नेता छान्न मतदान भएको हो ।

कोभिड–१९ बाट संकट झेलिरहेको अर्थतन्त्रलाई उकास्ने, अमेरिकासँगको सम्बन्धलाई थप सुदृढ गर्ने तथा चीनका कारण क्षेत्रीय सुरक्षामा उत्पन्न बढ्दो तनावलाई मत्थर बनाउनुपर्ने प्रमुख चुनौती नयाँ प्रधानमन्त्रीमाथि हुने अन्तर्राष्ट्रिय संचार माध्यमहरुले बताएका छन् ।

वर्तमान प्रधानमन्त्री सुगामाथि कोरोनाभाइरसको नियन्त्रणका लागि अपनाएको नीति तथा कोभिड–१९ को महामारीबीच नै ओलम्पिक खेल आयोजना गरेको विषयलाई लिएर जापानमा तिखो आलोचना भइरहेको छ । आगामी दुई महिना भित्रै संसदको चुनाव हुन लागेकाले पनि आमजनताका सरोकारका विषयलाई सम्बोधन गर्न सत्तारुढ एलडिपीको नयाँ नेतृत्वसामु चुनौती थपिएको छ ।

बुधबार सम्पन्न मतदानमा पार्टी आबद्ध सांसदहरु र तल्लो तहका कार्यकर्ताले मतदान गरेका थिए । मतदान सम्पन्न भएको एक घण्टाभित्रै नतिजा सार्वजनिक भएको हो । जापानको संसदमा एलडिपीको बहुमत भएका कारण पार्टीको अध्यक्ष स्वतः प्रधानमन्त्री हुनेछन् ।

चुनावमा खोप मन्त्री तारो कोनो र पूर्व विदेश मन्त्री फुमिओ किशिदाबीच मुख्य रुपमा प्रतिस्पर्धा भएको थियो । यस चुनावमा दुई महिला पनि प्रतिस्पर्धामा थिए । पूर्व प्रधानमन्त्री शिन्जो आबेले दक्षिणपन्थी धारकी महिला उम्मेदवार सानेई ताकेइचीलाई समर्थन गरेपनि उहाँ पराजित हुनु भएको थियो ।

लामो समय प्रधानमन्त्री रहनु भएका शिन्जो आबेले स्वास्थ्यका कारण राजीनामा दिएपछि योशिहिडे सुगा जापानको प्रधानमन्त्री हुनु भएको थियो । उहाँ गत सेप्टेम्बर १६, २०२० मा जापानको प्रधानमन्त्रीमा नियुक्त हुनु भएको थियो । झण्डै एक वर्षको अवधि प्रधानमन्त्री रहेपछि गत सेप्टेम्बर ३, २०२१ मा उहाँले सत्तारुढ एलडीपीको अध्यक्षमा नउठ्ने घोषणा गर्नु भएको थियो । एजेन्सी