एजेन्सी । बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट राजस्थानबाट मुम्बई फिर्ता भएका छन् ।
रणवीरको ३९ औं जन्मदिन मनाउन उनीहरु राजस्थान पुगेका हुन् ।
आलियाले इन्स्टाग्राममा पोस्ट गरेको तस्बिरले उनीहरु राजस्थानमा जन्मदिन मनाएको कुरा बाहिरिएको हो ।
आलियाले दुई जनाको तस्बिर राख्दै इन्स्टाग्राममा लेखेकी छन्, ‘ह्याप्पी बर्थ डे माइ लाइफ ।’
यद्यपि तस्बिरमा आलिया र रणवीरको अनुहार भने देखिएको छैन ।
रणवीर र आलियाले राजस्थानको सुजन जवाइ क्याम्पमा समय बिताएका थिए ।
त्यहाँ एउटा टेन्टमा एकदिन बस्न ९१ हजार खर्च लाग्छ । उक्त रिसोर्टले आलिया र रणवीरको लागि राम्रो पाहुना सत्कार गरेको बलिउड सञ्चारमाध्यले जनाएका छन् ।