काठमाडौं । बन्द शिविरमा रहेका १० जना खेलाडी बाहिरिएपछि नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले १७ जना नयाँ खेलाडी थप गरेका छन् ।
यसअघि २५ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएकामा १० जना खेलाडी भने अल्मुताइरीसँगको विवादपछि टिमबाट बाहिरिएका छन् ।
को–को छन् थपिएका खेलाडी ?
विकेश कुथु, अभिषेक बराल, विशाल सुनार, आकास बुढा मगर, आशिस चौधरी, विकास तामाङ, जर्ज प्रिन्स कार्की, मनिष गर्जा मगर, निर कुमार राई, राजन गुरुङ, रोसन राना मगर, रुप बहादुर लामा, संजोक राई, सेसेहाङ आङदाम्बे, सुशिल राई शिव गुरुङ, सुनिल राई