१९ आश्विन २०८१, शनिबार
,
Latest
बाँकेको गिजरा सामुदायिक वनबाट चितुवा नियन्त्रण आज कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा कुन–कुन पालिका भए विपद् संकटग्रस्त घोषित ? नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको आराधना गरिँदै पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप
तपाईं के खोज्दै हुनुहुन्छ ?

वामदेव गौतमविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’मा



अ+ अ-

काठमाडौं । राष्ट्रिय सभामा वामदेव गौतमको मनोनयनविरुद्ध  सर्वोच्च अदालतमा परेको मुद्दा ‘हेर्न नभ्याइने’मा परेको छ ।

२०७७ भदौ १२ मा दर्ता भएको मुद्दाको अन्तिम सुनुवाइ आज (बुधबार) तोकिएकोमा हेर्न नभ्याइनेमा परेको हो ।

गौतमविरुद्धको मुद्दाको सुनुवाइ प्रधान्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा रहेको संवैधानिक इजलासमा चढेको थियो । 

संवैधानिक इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर खतिवडा रहनुभएको छ । 

मन्त्रिपरिषद्को सिफारिसमा वामदेव गौतमलाई २०७७ असोज १ गते राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्नुभएको थियो ।

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ बाट पराजित हुनुभएका गौतमलाई प्रतिनिधिसभाको कार्यकाल नसकिँदै घुमाउरो बाटोबाट संघीय संसद्मा पठाइएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले रिट दायर गर्नुभएको थियो । ती रिटमा सर्वोच्चबाट यसअघि अन्तरिम आदेश भने जारी हुन सकेको थिएन ।

राष्ट्रिय सभामा राष्ट्रपतिले मनोनित गर्ने तीन सदस्यमध्ये युवराज खतिवडाको पदावधि सकिएपछि रिक्त रहेको सो सिटमा गौतमलाई मनोनीत गरिएको थियो ।