काठमाडौं । गृह मन्त्रालयले ‘द भ्वाइस अफ नेपाल ३’का विजेता किरण गजमेरलाई नेपाल प्रवेश गर्न रोक लगाए पछि उनी त्रिुभवन विमानस्थलबाटै अमेरिका फर्किएका छन् ।
‘भ्वाइस अफ नेपाल ३’को विजेता घोषित भएको केही हप्तापछि किरण अमेरिका फर्किएका थिए ।
केही हप्ता अमेरिका बसेर फेरि आएका किरणलाई विमानस्थलको अध्यागमन विभागले नेपाल प्रवेश गर्न रोक लगाएको हो ।
किरण अमेरिकी नागरिक हुन् । एक प्रवेशाज्ञा बर्षमा अमेरिकी नागरिकहरुले नेपालमा १ सय ८० दिन भन्दा बढी बस्न नपाइने नियम छ । किरणलाई यसअघि पनि तोकिएको दिन भन्दा बढी बसेकाले जरिवाना समेत तिराइएको थियो ।