१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आलमविरुद्धको रिटको सुनुवाइ ‘हेर्दाहेर्दै’मा



अ+ अ-

काठमाडौँ । निलम्बित सांसद मोहम्मद अफताब आलमविरुद्धको रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ ।

पूर्वमन्त्री समेत रहका नेपाली कांग्रेसका नेता आलमले बम विस्फोट गराई ज्यान समेत मारेको सम्बन्धी मुद्दाको रिटको सुनुवाई आज पनि हेर्दाहेर्दैमा राखिएको हो ।

आलामविरुद्धको मुद्दा सुनुवाइका लागि सर्वोच्चका न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा मुद्दाको पेसी तोकिएको थियो । शुक्रबारको सुनुवाई नसकिएपछि माथेमा र सुवेदीको इजलासले हेर्दाहेर्दैमा राखेको हो ।

पटकपटक पेसी तोकिए पनि सो मुद्दाको सुनुवाई हुन सकेको छैन । यसअघि मुद्दा सात पटक स्थगित, पाँच पटक हेर्न नमिल्ने र चार पटक हेर्न नभ्याइनेमा परेको थियो ।

जिल्ला अदालत रौतहटको पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश उच्च अदालत वीरगञ्जले सदर गरेपछि त्यसविरुद्ध आलमले सर्वोच्चमा २०७७ मंसिर १२ गते फैसला बदरको माग गर्दै निवेदन दिएका थिए ।