५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५ वर्ष पूरा , नेपालसँगको साझेदारीमा अमेरिकी सहयोगको तत्परता

नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५ वर्ष पूरा , नेपालसँगको साझेदारीमा अमेरिकी सहयोगको तत्परता
अ+ अ-

काठमाडौँ । नेपालसँगको विकास साझेदारीमा अमेरिकाले निरन्तर सहयोग गर्ने बताएको छ । नेपालको विकासको दोस्रो पुरानो बाह्य साझेदार अमेरिकाले विद्यमान द्विपक्षीय सम्बन्धप्रति सन्तुष्टि जनाउँदै सहयोगको तत्परता देखाएको हो ।

नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष पूरा भएका सन्दर्भमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकेनले सामाजिक सञ्जालमा आज लेख्नुभएको छ, “नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५ वर्ष पूरा भएको छ । नेपालले आफ्नो शासन व्यवस्था, आर्थिक विकास र अन्तर्राष्ट्रिय संलग्नतामा अतुलनीय परिवर्तन भोगेको छ । हामी साझेदारका रूपमा हाम्रा उपलब्धिमा गर्व गर्छौं र मित्रताको धेरै दशकका लागि तत्पर छौँ ।”

परराष्ट्र मन्त्रालयले विदेशमन्त्री ब्लिङकेनको अभिव्यक्तिको प्रत्युत्तर दिँदै सामाजिक सञ्जालमा लेखेको छ, “नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५औँ वार्षिकोत्सव मनाउने क्रममा, नेपाल हाम्रा दुई देशबीचको लामो समयदेखिको मित्रता र सहयोगलाई अझ प्रगाढ बनाउने आफ्नो प्रतिबद्धता दोहोर्याउँछ ।”

नेपालका लागि अमेरिकी राजदूत र्याण्डीबेरीले सामाजिक सञ्जालमा आजै “नेपाली र अमेरिकीहरूलाई बधाई छ । सन् १९४७ मा अमेरिकासँग नेपालको कूटनीतिक सम्बन्ध यही हप्ता सुरु भएको थियो । हाम्रो मित्रता आपसी सम्मान, लोकतान्त्रिक मूल्य र सार्वभौमसत्तामा आधारित छ”, लेख्नुभएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार नेपाल र अमेरिकाबीच २५ एप्रिल १७४७ मा कूटनीतिक सम्बन्ध कायम भएको हो । यसैबीच परराष्ट्रमन्त्री डा नारायण खड्कासँग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)का उपाध्यक्ष जोनाथन ब्रुक्सले शिष्टाचार भेट गर्नुभएको छ । परराष्ट्र मन्त्रालयमा भएको उक्त भेटमा दुवै पक्षले नेपालमा एमसिसी परियोजना कार्यान्वयन, आर्थिक लाभलगायत विषयमा छलफल गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।