२४ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी भोटेकोसी बाढीका मृतकलाई ‘जलवायु अन्यायपीडित’ भन्दै न्यायका लागि पहल गर्ने लामिछानेको प्रतिबद्धता विपत्तिमा खिचातानी छाडेर राष्ट्रिय एकतामा जुट्न लामिछानेको आह्वान बाढी प्रतिकार्यमा सरकारको कामप्रति रवि लामिछाने सन्तुष्ट, भने– ‘प्रश्न गर्ने ठाउँ देखिनँ’ भोटेकोशी बाढीमा जलविद्युत् कर्मचारी उद्धार प्रभावकारी बनाउन सरकारसँग ठगुन्नाको आग्रह जेन–जीले परिकल्पना गरेको समाज निर्माण गर्न सक्यौँ कि सकेनौँ, गम्भीर समीक्षा गरौँ : अर्जुननरसिंह केसी
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिलाको चरित्र हत्या गरेको आरोपमा ४ जना युट्युब च्यानलका सञ्चालक पक्राउ



अ+ अ-

काठमाडौं । प्रहरीले महिलाको चरित्र हत्या हुने र समाजमा घृणा तथा द्वेष फैलाउने  सामग्री प्रशारण गरेको भन्दै ४ जना युट्युब च्यानलका सञ्चालकलाई पक्राउ गरेको छ । 

एक पीडित महिलाको उजुरीका आधारमा साइबर ब्यूरोले काठमाडौंबाट ४ जना युट्युब च्यानलका सञ्चालकलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरुमा दैनिक खबर युट्युब च्यानलका सञ्चालक तुलसीपुर उप महानगरपालिका १७, दाङका प्रदीप भण्डारी, हरेक पलको खबर युट्युब च्यानलका सञ्चालक सूर्यगढी गाउँपालिका ३, नुवाकोटका शिशिर अधिकारी, सराइचुली मिडिया युट्युब च्यानलकी सञ्चालिका वेलवारी नगरपालिका ९, मेरङकी पिंकला कार्की र मोर्डन अनलानइन टिभी युट्युबको सञ्चालक मेलुङ गाउँपालिका ४, दोलखाका रोधन तामाङ रहेको साइबर ब्यूरोले जनाएको छ  ।

पीडित महिलासँग कुराकानीसमेत नगरी निजको श्रीमान तथा ससुरासँग एकतर्फीरुपमा कुरा गरी महिलाको चरित्र हत्या हुने सामाग्री प्रसारण गरेको प्रहरीले जानकारी दिएको छ । प्रसारित सामाग्रीमा महिलाको वास्तविक नाम तथा तस्विरसमेत प्रयोग गरिएको प्रहरीले जनाएको छ ।  

तस्विरसहितको भिडियो प्रसारण गरी महिलाको चरित्र हत्या गरेको, महिलाको इज्जतमा आँच पुर्याएको र पीडित महिलाप्रति घृणा पैदा हुने सामग्री प्रसारण गरेको भन्दै साइबर ब्यूरोले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।