१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिलाको चरित्र हत्या गरेको आरोपमा ४ जना युट्युब च्यानलका सञ्चालक पक्राउ



अ+ अ-

काठमाडौं । प्रहरीले महिलाको चरित्र हत्या हुने र समाजमा घृणा तथा द्वेष फैलाउने  सामग्री प्रशारण गरेको भन्दै ४ जना युट्युब च्यानलका सञ्चालकलाई पक्राउ गरेको छ । 

एक पीडित महिलाको उजुरीका आधारमा साइबर ब्यूरोले काठमाडौंबाट ४ जना युट्युब च्यानलका सञ्चालकलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरुमा दैनिक खबर युट्युब च्यानलका सञ्चालक तुलसीपुर उप महानगरपालिका १७, दाङका प्रदीप भण्डारी, हरेक पलको खबर युट्युब च्यानलका सञ्चालक सूर्यगढी गाउँपालिका ३, नुवाकोटका शिशिर अधिकारी, सराइचुली मिडिया युट्युब च्यानलकी सञ्चालिका वेलवारी नगरपालिका ९, मेरङकी पिंकला कार्की र मोर्डन अनलानइन टिभी युट्युबको सञ्चालक मेलुङ गाउँपालिका ४, दोलखाका रोधन तामाङ रहेको साइबर ब्यूरोले जनाएको छ  ।

पीडित महिलासँग कुराकानीसमेत नगरी निजको श्रीमान तथा ससुरासँग एकतर्फीरुपमा कुरा गरी महिलाको चरित्र हत्या हुने सामाग्री प्रसारण गरेको प्रहरीले जानकारी दिएको छ । प्रसारित सामाग्रीमा महिलाको वास्तविक नाम तथा तस्विरसमेत प्रयोग गरिएको प्रहरीले जनाएको छ ।  

तस्विरसहितको भिडियो प्रसारण गरी महिलाको चरित्र हत्या गरेको, महिलाको इज्जतमा आँच पुर्याएको र पीडित महिलाप्रति घृणा पैदा हुने सामग्री प्रसारण गरेको भन्दै साइबर ब्यूरोले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।