४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

निर्वाचनमा किन नागरिकको विवेकको अबमुल्यन ?

निर्वाचनमा किन नागरिकको विवेकको अबमुल्यन ?
अ+ अ-

कोही पनि व्यक्ति ३२ लक्षणयुक्त हुँदैन । यो असाधारण क्षमता हो । हरेकमा गुण र अवगुण हुन्छ । कुनै न कुनै विषय १९/२० त हुन्छ नै । यो कुरा जगजाहेर छ । तर, पनि मानिस ३२ लक्षण भएकै खोज्छन् । जुन गुण आँफुसँग छैन त्यो अरुमा खोज्ने प्रयास गर्नेको जमात पनि उत्तिकै छ ।

यो सन्दर्भ यहाँ जोड्नुको तात्पर्य आशन्न स्थानीय तहको निर्वाचन हो । नेपालमा स्थानीय तहको निर्वाचन हेर्ने हो भने म्युनिसिपल निर्वाचन २००४ जेठ ३ मा भएको थियो । त्यसयता नेपालमा १४ वटा स्थानीय तहका निर्वाचन सम्पन्न भएका छन् भने वैशाख ३० मा हुने निर्वाचन १५ औँ हो । यहाँसम्म आइपुग्दा प्रत्येक निर्वाचनमा नागरिकले देशको विकास गर्न भन्दै यस्तै ३२ लक्षणयुक्त उम्मेद्वार नखोजेका होइनन् । तर, अहिलेसम्म यो दन्त्यकथामा जस्तो सबै गुणले सम्पन्न व्यक्ति भेटिएनन् । तर, खोज्ने क्रम भने रोकिएको छैन ।

हुन न त नेपालको राजनीतिले देश बिगारेको भन्ने जमातले सर्वगुण सम्पन्न व्यक्ति खोज्ने प्रयास गरिनै रहन्छ । त्यो क्रम पछिल्ला दिनमा अझ बढ्दै गएको छ । नयाँ पुस्ताको अपरिपक्वता, पुरानालाई नयाँले उछिन्ने डरका कारण अहिले मुलुक र राजनीति साँच्चै धर्मराइरहेको छ ।

यसपटकको स्थानीय तहको निर्वाचन विगतका भन्दा निकै रोमाञ्चक हुनेवाला छ । नागरिक केही हदसम्म आफ्नो विवेक प्रस्तुत गर्न खोजिरहेका छन् । तर, दलहरूले भने नागरिकको विवेकलाई आकलन नगरीकन जस्तो सुकै उम्मेद्वार उठाइदिइरहेका छन् । केही गर्छु भन्ने उम्मेद्वार स्वतन्त्र उठेका छन् भने मतदाता स्वतन्त्रलाई त नभई कुनै दलको झण्डा बोकेकै ३२ लक्षणयुक्त उम्मेद्वार खोजिरहेका छन् ।

गुणवान उम्मेद्वार खोज्ने भीडमा मतदाता नै अविवेकी हुने क्रम पनि रोकिएको छैन । राजनीतिक दलकै फन्डाको पछि लागेर आफूलाई दिगभ्रमित पार्न आफैलाई अनुमति दिइरहेका छन् । अर्को भाषामा भन्दा मतदाता स्वयं मुर्ख बनिरहेका छन् । जसको सबैभन्दा ठूलो दोष सामाजिक सञ्जाललाई नै जान्छ ।

कस्तो उम्मेद्वार खोजेको भन्ने उत्तर मतदाता सँग छैन कस्तो उम्मेद्वार उठाउने भन्ने उत्तर राजनीतिक दलसँग छैन । अनि यही नभएपछि एक अर्काका पुराना कुरा उचाल्ने र मत आफ्नो पोल्टामा पार्ने घिनलाग्दो खेल सुरु हुन्छ । यो खेल स्थानीय तहको निर्वाचनमा सुरु भइसकेको छ भने यो क्रम प्रतिनिधि र प्रदेशसभा निर्वाचनसम्म चल्ने छ ।

बिहीबार काठमाडौँ महानगरपालिकाको मेयरका ‘हेभीवेट’ उम्मेद्वार केशव स्थापितलाई एउटा कार्यक्रममका केही सहभागीले  -याख-याखती पारे । उनलाई मेयर भएको समयमा महानगरकी एक कर्मचारीलाई यौन दुर्व्यवहार लागेको आरोप छ । सोही कारणले गर्दा बागमती प्रदेशसभामा रहँदा मन्त्री पदबाट राजनीमा दिनुप-यो । तर, घटना अनुसार हालसम्म स्थापितलाई कुनै पनि कारवाही र उजुरी परेको छैन ।

कुनै पनि व्यक्तिलाई कसैले आरोप लगाएको भरमै उसलाई समाजले दोष लगाउने हो भने यो समाजमा कोही पनि बाँकी रहँदैन । तर, पछिल्लो समय उनी सहभागी भएका धेरै कार्यक्रममा उनलाई आरोपीका रूपमा उभ्याइएको छ । संयमता गुमाएर उनले आरोपको खण्डन मात्रै गरेनन् पुष्टि गर्न चुनौती पनि दिए । तर, विषय भने किन स्थापित उम्मेद्वार बन्दा मात्रै यी कुरा आयो भन्ने हो । आरोप पुष्टि नै नभई कसैले बोलेको भरमा पत्याएर मिडियाले समाचार बनाउनु पनि ठीक होइन । यसरी कानूनको उपहास उडाउने काम सञ्चारजगतबाट भइरहेको छ भने नागरिकमा कानूनी अल्पज्ञान पनि छरपष्ट देखिन्छ ।

स्थापित मात्र होइन यस्तै आरोप त पोखराका लागि एमालेले सिफारिस गरेका दीपक पौडेलको पनि छ । भलै उनलाई पछि हटाएर कृष्ण थापाको नाम सिफारिस ग(यो । आरोप लागेका पौडेललाई खासमा सुन चोरेको आरोप लगाइयो । जसको भिडियो नै सार्वजनिक भयो । जुन भिडियोमा पौडेलले सुनको सिक्री खल्तीमा हालेको देखिएको भन्दै अहिले भिडियो भाइरल छ । उनले आफू नभएको बताइरहेका छन् । र, भिडियो अहिलेको पनि होइन ।

यदी चोरेकै भए के हुने थियो ? के चोरले सीमित समयको सजाय पाएपछि समाजमा बस्नै नपाउने हो ? एउटा डाँकु रत्नाकर हुन्छ भने के चोर सज्जन बन्न सक्दैन ? तर, समाज त्यतातर्फ भन्दा पनि चरित्र हत्या गर्न लालायित हुने गरेको दृष्टान्त यी दुई घटनाले प्रष्ट पारेको छ । दोषी प्रमाणित भएको हो वा होइन भन्ने कुरालाई पनि ख्याल नगरी मतदाता भड्कनु र सञ्चारमाध्यम त्यसकै पछि लाग्दा ३२ लक्षणयुक्त गुण भएको व्यक्ति खोज्ने क्रम अझै रोकिएको छैन भन्ने प्रष्टै छ ।

यस्तै हो भने भोलि काठमाडौँ महानगरमा पाँच गठबन्धनकी साझा उम्मेद्वार सिर्जना सिंहलाई पनि कसैले ‘घरमा खाना सधैँ डढाउनेले काठमाडौँ राम्रो बनाउन सक्निनन्’ भन्दै कुतर्क गरेर आरोप लगायो भने के हुन्छ ? कुतर्कको पछि लाग्ने भन्दा पनि विवेकको प्रयोग गर्ने समय होइन र ?

आरोप पुष्टि नभएको कुरालाई जर्बजस्ती पुष्टि गराउने समाज, आफू बाहेक सबै नराम्रो देख्ने मतदाताको बीचमा ३२ लक्षणयुक्त व्यक्ति पटक्कै भेटिँदैन । त्यसैले गुणमा भन्दा पनि दृष्टिकोण र योजनामा बहस गरौँ । राजनीतिक दलले उम्मेद्वारविरुद्ध चालेको गलत गोटीको सिकार मतदाता चाहिँ नहोऔँ ।