२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै

प्रशिक्षक अलमुताईरीको व्यवहारबाट खेलाडी दिक्क,प्रशिक्षण छाडेर बाहिरिए

प्रशिक्षक अलमुताईरीको व्यवहारबाट खेलाडी दिक्क,प्रशिक्षण छाडेर बाहिरिए
अ अ+ अ-

काठमाडौ । एएफसी एसियन कप छनोटको तयारीका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीले प्रशिक्षक अबदुल्लाह अलमुताईरीको बारम्बार दबाबका कारण क्याम्प छाड्नु परेको बताएका छन् ।

राजधानीमा बिहीबार पत्रकार सम्मेलन गरेर मुख्य प्रशिक्षक अलमुताइरीले न्युनतम सेवा सुविधाका लागि माग राख्दा बारम्बार दबाब दिएर क्याम्प छाड्न बाध्य भएको बताएका हुन् । नियमित कप्तान किरण चेम्जोङको अनुपस्थितिमा रोहित चन्दले नेतृत्व गरिरहेको टोलीमा न्युनतम सेवा सुविधा उपलब्ध गराउन माग राखेको विषयमा प्रशिक्षकले आफू  माथि निरन्तर दबाब दिएर क्याम्प छाड्न सक्ने भने पछि होटल छाडेर गएको उनीहरुले पत्रकार सम्मेलनमा बताएका हुन् ।

प्रशिक्षकको कार्यशैलीमा असन्तुष्टि जनाउँदै प्रशिक्षणमा रहेका १२ खेलाडीले अलमुताईरीको आचरण बेठिक भएको टिप्पणी समेत गरेका छन् । पत्रकार सम्मेलनमा बन्द प्रशिक्षण बहिस्कार गरेका १० खेलाडी नै उपस्थित भएका थिए । यस्तै खेलाडीहरुले प्रशिक्षकसँगको विवादबारे अखिल नेपाल फुटबल संघ (एन्फा) लाई जानकारी गराएको तर एन्फा नेतृत्वले अहिले निर्वाचन नजिकिँदै गरेको भन्दै खेलाडीलाई बुझेर खबर गर्ने बताए पनि खबर नआएको उनीहरुले बताए ।

खेलाडीले पत्रकार सम्मेलनमार्फत खेलाडीमा लगाएको आरोपको समेत खण्डन गरेका छन् । उनीहलाई विद्रोही भनिएकोमा आपत्ति समेता जनाए । प्रशिक्षकले बारम्बार क्याम्प छाडेर जान भनेपछि मात्र क्याम्प छाडेनको बताएका हुन् । खेलाडीले समस्या सुल्झाउन कदम चाल्नुको सट्टा एन्फाका जिम्मेवार पदाधिकारीबाट सार्वजनिक मिडियामा हामी क्याम्पबाट भाग्यौँ भन्ने अभिव्यक्ति दिएको भन्दै आश्चर्य समेत ब्यक्त गरेका छन् । उनीहरुले सत्य तथ्य छानविन गर्नका लागि नेतृत्व पक्षलाई माग समेत राखेका छन् । यस्तै खेलाडीले अहिलेको प्रशिक्षकसँग रहेर फुटबल खेल्न कठिन हुने समेत बताए ।

उता अखिल नेपाल फुटबल संघका महासचिव इन्द्रमान तुलाधारले खेलाडी र प्रशिक्षकसँगको विवादको अध्ययन भइरहेको बताएका छन् । खेलाडीले किन क्याम्प छाडेर गएको विषयमा प्रशिक्षकसँग छलफल भएको र एन्फाले अध्ययन गर्ने महासचिव इन्द्रमान तुलाधारले बताए ।

प्रशिक्षकसँग असन्तुष्ट देखिएका रोहित चन्दले सुरुवातमा क्याम्पबाट बिदा लिएका थिए । रोहित सहित ९ जना खेलाडीले क्लोज क्याम्प छाडेको ब्यवस्थापक मधुसुदनले पुष्टि गरेका थिए । गोलकिपर विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, सुमन लामा, तेज तामाङ, विशाल राई, बिमल घर्तिमगर दिनेश राजबंशी लगायतका खेलाडीले होटल छाडेर हिडेका हुन् । सिनियर खेलाडीले प्रशिक्षण छाडेपछि त्यसको बदलामा अलमुताईरीले जुनियर १४ नयाँ खेलाडीलाई बिहीबारबाट बन्द प्रशिक्षणमा समेत बोलाएका छन् ।

एएफसी एसियन कप छनोट प्रतियोगिताको कठिन मानिएको समूहमा रहेको नेपालले जुन ८ देखि १४ सम्म कुवेतमा हुने प्रतियोगिताका लागि तयारी गरिरहेको छ । कठिन मानिएको समूहमा रहेको नेपालले छनोटमा उत्कृष्ट प्रदर्शनको अपेक्षा राखेको छ । मुख्य प्रशिक्षकले छनोट हुँदैनौ भन्दै दिएको अभिव्यक्तिको सार्वजनिक रुपमा दिएपनि नेपाली टोली उत्कृष्ट प्रदर्शन गर्नका लागि योजनाबद्द तरिकाले तयारी गरिरहेको बताएको छ । छनोटबाट समूहको शीर्ष टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन । यस्तै ५ समूहको उत्कृष्ट उपविजेताले पनि प्रतियोगितामा सहभागि हुने मौका पाउनेछन् ।