काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएका दुई विधेयक प्रमाणिकरण गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले संविधानको धारा ११३ को उपधारा (२) बमोजिम आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ प्रमाणिकर गर्नुभएको हो ।