९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीको नेतृत्व परिवर्तन गरेर अघि बढ्नुको विकल्प छैनः नेता सिंह



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको नेतृत्व परिवर्तन गरेर अघि बढनुको विकल्प नरहेको बताउनु भएको छ । 

नेता सिंहले पार्टीको आगामी १४ औं महाधिवेशनमा पनि पार्टीको नेतृत्व परिवर्तन गर्न नसके नेपाली जनताले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई विश्वासको मत नदिने तर्क समेत गर्नु भयो । उहाँले जनता र पार्टी कार्यकर्ताको भावना बुझेर पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर अघि बढन आफूले आग्रह गरिरहेको बताउनु भयो । 

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले भन्नु भयो, ‘भनौ न शेरबहादुरजी नै किन नहोस्, रामचन्द्र पौडेलजीलगायत अरु सिनियर लिडरहरु सबैलाई हाम्रो सम्मान छ । तर समय त आएजस्तो छ । उहाँहरुले के त भन्दा खेरी अर्को लिएर लिडरसिवलाई नेतृत्व सुम्पने समय आएको कारणले तपाईहरुले सोच्नु प¥यो भनेर मैले चाँही जोड दिइरहेको छ । जनताले विश्वासको मत समेत नदिने भएकाले आगामी १४ औं महाधिवेशनमा पार्टीको नेतृत्व परिवर्तन गरेर काँग्रेसलाई संस्थागत ढंगले अघि बढाउनुपर्ने हुन्छ ।’

काँग्रेस नेता सिंहले जिल्ला जिल्लाका कार्यकर्ताहरुले पार्टीको नेतृत्व लिन आफूलाई दवाव दिईरहेको दावी समेत गर्नु भयो । गणेशमानको छोरा पार्टीको नेतृत्व लिन किन तयार नहुने भनेर पार्टीका कार्यकर्ताहरुले आफूलाई गाली गर्ने गरेको उहाँको भनाई थियो । नेता सिंहले पार्टीको आसन्न महाधिवेशनमा विवेकको मत दिएर पार्टीको नेतृत्व चयन गर्न पनि महाधिवेशन प्रतिनिधिहरुलाई ध्यान दिन आग्रह गर्नु भयो ।