५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा

१ लाख ५३ हजार २ जना उम्मेदवारहरुको मनोनयन दर्ता: निर्वाचन आयोग

१ लाख ५३ हजार २ जना उम्मेदवारहरुको मनोनयन दर्ता:  निर्वाचन आयोग
अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन हुने बैशाख ३० गतेको दिन सार्वजनिक बिदा दिन सरकार समक्ष अनुरोध गरेको छ ।

आयोगले स्थानीय तह निर्वाचन हुने २०७९ साल बैशाख ३० गतेका दिन नेपालभर सार्वजनिक बिदा दिन सरकारलाई अनुरोध गरेको हो । बिहीबार आयोगको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहायक प्रवक्ता सुर्य प्रसाद अर्यालले निर्वाचनको दिन नेपालभर सार्वजनिक बिदा दिन मुख्यसचिवमार्फत् नेपाल सरकारलाई अनुरोध गर्ने आयोगले निर्णय गरको बताउनुभयो ।

त्यस्तै मतदान केन्द्र रहेको विद्यालयहरुमा बैशाख २८ गतेदेखि ३० गतेसम्म भौतिक रुपमा पठनपाठन बन्द गर्न पनि आयोगले सरकारलाई अनुरोध गरेको छ । त्यसैगरी मतदानस्थल तथा मतदान केन्द्र तोकिएका सार्वजनिक विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी तथा अन्य भवन एवं भौतिक संरचनालाई बैशाख २८ गतेदेखि ३० गतेसम्म प्रयोग गर्न दिन पनि आयोगले संघीय मामिला मन्त्रालयमार्फत् सबै स्थानीय तहसँग माग गरेको छ । निर्वाचन आयोगले गरेको पछिल्लो निर्णयबारे जानकारी दिदै सहायक प्रवक्ता अर्यालले भन्नुभयो, ‘२०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतदान तथा निर्वाचन सम्बन्धी व्यवस्थापकिय कार्य सञ्चालन गर्न मिति २०७९ बैशाख २८ गतेदेखि मिति २०७९ बैशाख ३० गतेसम्म ३ दिनका लागि मतदानस्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरुको उपयोग गर्नुपर्ने भएकोले उक्त मतदान केन्द्र तोकिएका विद्यालयहरुका विद्यार्थीहरुको भौतिक उपस्थिति नगराउन र सो अवधिमा विद्यार्थीहरुलाई वैकल्पिक पद्धतीबाट पठनपाठनको व्यवस्था मिलाउन मुख्य सचिवमार्फत् नेपाल सरकारलाई अनुरोध गर्ने । २०७९ बैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनका लागि मतदानस्थल तथा मतदान केन्द्र तोकिएका सार्वजनिक विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी तथा अन्य भवन एवं भौतिक संरचना मतदान प्रयोजनका लागि उपयोग गर्न त्यस्ता भवन र भवन परिसर मिति २०७९ बैशाख २८ गतेदेखि २०७९ बैशाख ३० गतेसम्म उपलब्ध गराउन नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत् सबै स्थानीय तहलाई लेखि पठाउने । स्थानीय तह निर्वाचनको मतदान हुने मिति २०७९ बैशाख ३० गते शुक्रवारका दिन नेपालभर सार्वजनिक बिदा दिन मुख्यसचिवमार्फत् नेपाल सरकारलाई अनुरोध गर्ने ।’

सहायक प्रवक्ता अर्यालले निर्वाचन आयोगमा बिहीबार ३ः३० बजेसम्म आएको तथ्यांक अनुसार १ लाख ५३ हजार २ जना उम्मेदवारहरुको मनोनयन दर्ता भएको बताउनुभयो । यसमध्ये प्रमुखमा ३ हजार ५ सय १०, अध्यक्षमा ३ हजार ३ सय ८७, उपप्रमुखमा २ हजार १ सय ६८, उपाध्यक्षमा २ हजार ४ सय १, वडा अध्यक्षमा ३५ हजार ३ सय ५३, महिला सदस्यमा २६ हजार ५ सय ३२, दलित महिला सदस्यमा २३ हजार ९ सय ३१ र सदस्यमा ५५ हजार ७ सय २० जनाको मनोनयन दर्ता भएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘निर्वाचन आयोगको प्रणालीमा दिउँसो ३ः३० बजेसम्म कम्युटरमा प्रविष्ट भएको तथ्यांक अनुसार १ लाख ५३ हजार २ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ । जसमा प्रमुखमा ३ हजार ५ सय १०, अध्यक्षमा ३ हजार ३ सय ८७, उपप्रमुखमा २ हजार १ सय ६८, उपाध्यक्षमा २ हजार ४ सय १, वडा अध्यक्षमा ३५ हजार ३ सय ५३, महिला सदस्यमा २६ हजार ५ सय ३२, दलित महिला सदस्यमा २३ हजार ९ सय ३१ र सदस्यमा ५५ हजार ७ सय २० जनाको मनोनयन दर्ता भएको छ ।’

आयोगले बिहीबारसम्ममा ७२ जिल्लाका लागि १ करोड ७७ लाख ७५ हजार मत पत्र छपाई गरिसकेको र ३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी गरिसकिएको जानकारी दिएको छ ।