९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधान सेनापति शर्मा र पाकिस्तानी कार्यबाहक राजदूत खानबीच भेटवार्ता



अ+ अ-

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा र मित्रराष्ट्र पाकिस्तानका कार्यबाहक राजदूत अदनान जाभेद खानबीच भेटवार्ता भएको छ । 

बुधबार जंगी अड्डाको प्रधान सेनापतिको कार्यकक्षमा भएको शिष्टाचार भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । 

उक्त भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास लिएको नेपाली सेनाले जनाएको छ ।