२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यकर्ताको घेराबन्दीमा मन्त्री: चुनाव भोलि फेरि पनि आउँछ, त्यतिबेला चुनाव जित्नुपर्दैन ?



अ+ अ-

काठमाडौं । पोखरामा कांग्रेस कार्यकर्ताले स्थानीय निर्वाचनमा गरिएको गठबन्धनप्रति असन्तुष्टि जनाएका छन् । पोखरा महानगरपालिकाका वडा तहमा गर्न लागिएको चुनावी गठबन्धनप्रति उनीहरुले तीव्र असन्तुष्टि प्रकट गरेका छन् ।

बिहीबार प्रदेशका कानूनमन्त्री विन्दुकुमार थापालाई घेरेर पोखरा वडा नं १८ र २४ का कांग्रेस कार्यकर्ताले ‘आज अर्कै चिह्नमा भोट हाल्न लगाउने, चुनाव भोलि फेरि पनि आउँछ, त्यतिबेला चुनाव जित्नुपर्दैन ?’ भन्दै आक्रोश पोखेका थिए ।

उनीहरुले एक्लै लडेर जित्ने अवस्था हुँदाहुँदै किन गठबन्धन गरेको भनी प्रश्न गरेका थिए । कार्यकर्ताले गठबन्धन गरे मन्त्रीलाई पनि नचिन्ने भन्दै कालो मोसो दलिदिने चेतावनी दिए ।