१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्राफिक प्रहरीलाई विद्युतीय स्कुटर



अ+ अ-

काठमाडौं । वल्र्डलिङ्क कम्युनिकेशन लिमिटेडले ट्राफिक प्रहरीलाई स्कुटर सहयोग गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा आज आयोजित कार्यक्रममा लिमिटेडका कार्यकारी निर्देशक मनोज अग्रवालले महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईलाई स्कुटरको साँचो हस्तान्तरण गर्नुभयो । 

कार्यक्रममा कार्यकारी निर्देशक अग्रवालले दैनिक सडक प्रयोगमा हुने समस्या समाधानमा स्कुटरले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले वातावरणमैत्री स्कुटरले ध्वनि प्रदूषण तथा वातावरण प्रदूषणमा समेत योगदान पुग्ने स्पष्ट पार्नुभयो । 

कार्यक्रममा महाशाखाका प्रमुख भट्टराईले स्कुटरलाई भरपुर उपयोग गरी ट्राफिक प्रहरीको काम कारबाहीमा प्रयोग गरिने बताउनुभयो । उहाँले स्कुटरले थप प्रभावकारीरुपमा काम गर्न सहयोग गर्ने र सडक व्यवस्थापन तथा अनुगमनमा सहजता प्रदान गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो । कार्यक्रममा महाशाखाका ट्राफिक प्रहरी तथा वल्र्डलिङ्कका पदाधिकारीको सहभागिता रहेको थियो ।