काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका उपाध्यक्ष उद्धव पौडेलले पार्टी परित्याग गरेका छन् । पार्टी अध्यक्ष कमल थापालाई राजीनामा पत्र पठाउँदै उनले पार्टी परित्यागको घोषणा गरेका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा राजेन्द्र लिङ्देन अध्यक्ष भएपछ पार्टी विभाजन भई कमल थापाको अध्यक्षतामा राप्रपा, नेपाल गठन भएको थियो । नयाँ गठित पार्टीमा पौडेल उपाध्यक्ष बनेका थिए ।
राप्रपा, नेपालमा आर्थिक विभाग प्रमुखसमेत रहेका पौडेलले पार्टीको केन्द्रीय उपाध्यक्ष, प्रमुख आर्थिक विभाग, केन्द्रीय सदस्य एवं साधारण सदस्यसमेतको पदबाट हिजो बुधबारदेखि लागु हुनेगरी राजीनामा दिएका छन् ।
स्थानीय निर्वाचनमा नेकपा एमालेसँग सहकार्य गर्ने पार्टी अध्यक्ष थापाको सहमतिप्रति उनको विमति रहेको बताइएको छ । साथै राप्रपा, नेपालले राजतन्त्र पुनस्र्थापनाको एजेन्डा छोडेपछि पनि उनी असन्तुष्ट रहेको बताइएको छ ।