• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   २५ वटा काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी: गृहमन्त्री लामिछाने ★   व्यवसायिक बाख्रापालनबाट वार्षिक चार लाख बचत ★   चलायमान बन्दै ठमेल र दरबारमार्गका व्यवसाय ★   ‘यार्सागुम्बा’ अर्थात् महङ्गो जैविक कीराको खोजी ★   कति छ रोहित शर्मा र विराट कोहलीको सम्पत्ति ? ★   उद्योगमन्त्री भण्डारीद्वारा प्रमुख सचेतकहरुसँग छलफल ★   फ्रान्स र बेल्जियम भिड्दै ★   मेयर बालेन साहलाई अफ्ठ्यारोमा पार्ने काम भएको छ: प्रमुख सचेतक शाही ★   देउवा–ओली भेट हुनासाथ सत्ता समिकरण उलटफेर हुँदैन: सांसद सापकोटा ★   ब्रेक सु र इलेक्ट्रोनिक सामानमा लुकाएर ३२ क्विन्टल सुन तस्करी

आजै टुंगो लाग्दै गभर्नरको मुद्दा



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दाको किनारा लगाउन आज सर्वोच्च अदालतमा बहस हुँदैछ ।

मन्त्रिपरिषद्को बैठकले गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेसँगै उक्त निर्णयविरुद्ध सर्वोच्चमा रिट हाल्नुभएका अधिकारी सर्वोच्च अदालतको अन्तरकालीन अन्तरिम आदेशबाट काममा फर्कनुभएको थियो ।

गभर्नर अधिकारीले दायर गर्नुभएको रिटमाथि मङ्गलबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र टङ्कबहादुर मोक्तानको इजलासमा सुनुवाइ प्रारम्भ भएको थियो । मङ्गलबार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । आज उक्त रिट पुनः इजलासमा चढेकाले बहस हुन लागेको हो ।

नौ नम्बरको इजलासको पहिलो नम्बरमा रहेको उक्त मुद्धाको सुनवाइ मङ्गलबारकै न्यायाधीशद्वय मल्ल र मोक्तानले गर्नुहुने भएकाले सम्भवतः मुद्दाको किनारा आजै लाग्नेछ ।

सरकारले गत चैत २५ गते गभर्नर अधिकारीलाई निलम्बन गरी जाँचबुझ समिति गठन गरेपछि सोविरुद्ध अधिकारी सर्वोच्च अदालत जानुभएको थियो । उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले अन्तरकालीन अन्तरिम आदेश दिएसँगै गभर्नर अधिकारी यही वैशाख ६ गते काममा फर्कनुभएको थियो ।