५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा

जगन्नाथमाथि दबाव, देउवादेखि प्रचण्डको ध्यान चितवनमै

जगन्नाथमाथि दबाव, देउवादेखि प्रचण्डको ध्यान चितवनमै
अ+ अ-

काठमाडौं । भरतपुर महानगरपालिकामा मेयर पदमा गठबन्धनले अघि सारेको नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेनु दाहालविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेललाई उम्मेदवारी फिर्ता लिन चर्को दबाव परेको छ ।

आसन्न स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरको मेयर पदमा गठबन्धनबाट नेपाली कांग्रेसबाहेक अन्य पार्टीलाई उम्मेदवार बनाउन नहुने चितवनका कांग्रेसी नेता कार्यकर्ताको भावनाविपरीत माओवादी केन्द्रका दाहाललाई गठबन्धनले उम्मेदवार बनाएपछि चितवन कांग्रेसमा असन्तुष्टि बढेको छ ।

फलतः कांग्रेसी नेता तथा कार्यकर्ताहरुले बाजागाजा र झाँकी जुलुससहित चितवन कांग्रेसका पूर्वसभापति तथा राष्ट्रियसभाका पूर्वसांसद जगन्नाथ पाैडेल लाई स्वतन्त्र उम्मेदवार बनाएका छन् ।

केन्द्रको दबावलाई चुनौती दिँदै असन्तुष्ट कांग्रेसी नेता कार्यकर्ताले पौडेललाई मेयर पदमा उम्मेदवार बनाएपछि पौडेललाई उम्मेदवारी फिर्ता लिन लगाउन र असन्तुष्टि हटाउन अहिले गृहमन्त्री बालकृष्ण खाँण यज्ञपुरीस्थित पौडेल निवासमा पुग्नुभएको छ ।

खाँणसँगै पौडेललाई सम्झाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, चितवन कांग्रेस सभापति राजेश्वर खनाललगायत नेताहरू पौडेल निवासमा भेला भएका छन् ।

निर्वाचनका बेला मुलुकभरको शान्तिसुरक्षाको अवस्थाका बारेमा क्रियाशिल रहनु पर्ने मन्त्री खाँड दुई दिन देखी चितवनमा नै बस्नु भएको छ । उहाँ पौडेलको उम्मेदवारी फिर्ता गराउनका लागि निकै जोडबल गरिरहनु भएको छ ।

यद्यपि नेता पौडेलले अझै पनि उम्मेदवारी फिर्ता नलिने अडान राख्नुभएको छ । भेटमा उहाँले कांग्रेस बचाउनका लागि आफ्नो उम्मेदवारी कायमै रहने जवाफ दिएको बताइएको छ । उहाँमाथि उम्मेदवारी फिर्ता नलिन चितवन कांग्रेस नेता तथा कार्यकर्ताबाट पनि उत्तिकै दबाव परेको छ ।

यसअघि पौडेललाई उम्मेदवारी फिर्ता लिन लगाउन पार्टी सभापति शेरबहादुर देउवा र सत्ता गठबन्धनको अर्को घटक नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सक्रियरुपमा लाग्नुभएको थियो ।

मङ्गलबार चितवन पुगेर पौडेललाई उम्मेदवारी फिर्ता गराउने प्रचण्डको पाँच घण्टासम्मको प्रयास असफल भएपछि उहाँले कांग्रेस सभापति देउवासँग गुहार माग्नुभएको थियो ।

पौडेलले उम्मेदवारी फिर्ता नलिए रेनु दाहालले हार्ने सुनिश्चित भएकाले कसरी हुन्छ पौडेललाई उम्मेदवारी फिर्ता लिने वातावरण बनाउन प्रचण्डले सभापति देउवासँग आग्रह गर्नुभएको बताइएको छ ।

पौडेललाई काठमाडौँ आएर कुरा गर्न बारम्बार आग्रह गर्दा पनि पौडेल काठमाडौँ आउन नमानेपछि सभापति देउवाले गृहमन्त्री खाँण र राज्यमन्त्री श्रेष्ठलाई चितवन पठाउनुभएको हो ।

विगतमा २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि भरतपुरमा कांग्रेसी कार्यकर्ताले रेनु दाहाललाई मत दिएर जिताएका थिए ।

पटकपटक माओवादीलाई सहयोग गरेका चितवनका कांग्रेसी नेता तथा कार्यकर्ता सधैँ माओवादीलाई बुई चढाएर सत्तामा पुर्याउन नहुने भन्दै असन्तुष्टि जाहेर गर्दै आएका थिए । उनीहरुले यसपटक कांग्रेसले टिकट पाउनु पर्ने माग गरेका थिए ।

पौडेलमाथि अहिले जिल्लाका नेता र कार्यकर्ताबाट उम्मेदवारी फिर्ता नलिने तथा केन्द्रीय नेतृत्वबाट फिर्ता लिने दबाव छ । यद्यपि उहाँले जिल्लामा कांग्रेसलाई बचाउन पनि आफूले उम्मेदवारी दिएको बताउँदै आउनुभएको छ ।

शुक्रबार बेलुका ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तालिका निर्वाचन आयोगले दिएको छ । पार्टी सभापति देउवाले पनि स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने पार्टीका नेता तथा कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभएको छ ।

पौडेलले पार्टी नेतृत्वको आग्रहलाई ग्रहण गर्नुहुन्छ वा साँच्चै नै उहाँले भनेबमोजिम चितवन कांग्रेसलाई बचाउन पार्टी नेतृत्वको आग्रहलाई बेवास्ता गर्नुहुन्छ, चाँडै नै थाहा हुनेछ ।