२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्डोनेसियाद्वारा पाल्म तेलको निर्यातमाथि प्रतिबन्ध, बजारमा थप अस्थिरता देखिने चिन्ता



पाल्म तेल इमेज
अ+ अ-

जकार्ताः इन्डोनेसियाले पाल्म तेलको निर्यातमाथि बिहीबारदेखि लागू हुने गरी पूर्ण प्रतिबन्ध लगाएको छ । विश्वमै पाल्म तेलको उत्पादन गर्ने इन्डोनेसिया प्रमुख राष्ट्र हो ।

विश्व बजारमा वनस्पती तेलको मूल्य बढिरहेको अवस्थामा इन्डोनेसियाको यस कदमले बजारमा तेलको मूल्य अझ बढ्ने र तेल बजारलाई थप अस्थिर बनाउने अनुमान गरिएको छ ।

इन्डोनेसियामै खाना पकाउने तेलको आपूर्ति कम हुन थालेको तथा बजार मूल्य पनि बढेको छ । आजभोलि इन्डोनेसियाका विभिन्न शहर बजारमा सुपथ मूल्यका पसलबाट अत्यावश्यक सामान किन्न ग्राहकहरुले घण्टौं लाइन बस्नु पर्ने अवस्था सिर्जना भएको छ ।

दक्षिण पूर्वी एसियाली मुलुक इन्डोनेसिया विश्वमै धेरै जनसंख्या भएको मुलुकमध्येको एक हो । यहाँ सामानको अभाव र मूल्यवृद्धि भए सामाजिक तनाब सिर्जना हुने भन्दै सरकारमाथि विभिन्न विकल्पका बारेमा सोच्न बाध्य बनाएको छ ।

सरकारले पाल्म तेल सहित तेल बनाउने पाल्मका दानाको निकासीमा प्रतिबन्ध लगाएको छ । बाणिज्य मन्त्रालयले पाल्मसँग सम्बन्धित सबै किसिमका उत्पादहरुको निकासीमा प्रतिबन्ध लगाएको अर्थमन्त्री एयरलान्गा हार्टार्टोले बताउनु भएको छ ।

राष्ट्रपति जोको विडोडोले पनि आफ्नो सरकारले आफ्ना नागरिकलाई पहिलो प्राथमिकता दिने बताउनु भएको छ । विश्वमै सबैभन्दा धेरै पाल्म उत्पादक राष्ट्र भए पनि देशभित्र तेलको अभाव हुन थालेपछि यस्तो बाध्यकारी कदम चाल्नु परेको राष्ट्रपतिले स्पष्ट गर्नु भएको छ ।

इन्डोनेसियामा झण्डै २७ करोड जनसंख्या छ ।

इन्डोनेसियाले विश्वको कूल पाल्म तेल उत्पादनको झण्डै ६० प्रतिशत हिस्सा ओगट्ने गरेको छ । यसमध्ये झण्डै एक तिहाई तेल इन्डोनेसियामै खपत हुने गरेको छ । भारत, चीन, युरोपेली युनियन र पाकिस्तानमा इन्डोनेसियाली पाल्म तेलको निर्यात हुने गरेको छ ।

नेपालमा पनि इन्डोनेसिया, मलेसिया लगायतका मुलुकबाट पाल्मका दाना आयात गरी तेल निकालेर भारत समेतका मुलुकमा निर्यात हुने गरेको थियो ।

तेलको मूल्य प्रति लिटर ९७ सेन्टभन्दा तल आएपछि मात्र निकासी पुनः खुला गर्ने बताएको छ । अहिले बजारमा तेलको मूल्य ७० प्रतिशतभन्दा बढी भइसकेको छ ।

युक्रेनमाथि रसियाले आक्रमण गरेपछि विश्व बजारमा कृषिजन्य वस्तुहरुको मूल्य वृद्धि भइरहेको विश्व खाद्य तथा कृषि कार्यक्रमले जनाएको छ । एएफपी




भर्खरै