२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायक प्रमोद खरेल कार दुर्घटनामा घाइते



अ+ अ-

काठमाडौं । गायक प्रमोद खरेल कार दुर्घटनामा घाइते भएका छन् । दाङ आयोजना भएको एक कार्यक्रममा जाने क्रममा खरेल कार दुर्घटनमा परेका हुन् ।

दुर्घटना बारे सामाजिक सञ्जाल मार्फत जानकारी गराउदै गायक खरेलले एउटा अर्को युद्ध जीन्दगी सँग भन्दै घटनाको बिवरण उल्लेख गरेका छन् ।

खरेलले सामाजिक संञ्जालमा लेखेका छन् –

काठमाण्डौं मा रेकर्डींङ सकेर हिजो साँझ नेपालंगज फ्लाईट लिएर तुलसीपुर दाङ को हुने कार्यक्रमको लागि राती १ बजे होटल पुग्न १० मिनेट मात्र अघि आयोजकले चलाएको कार गम्भीर दुर्घटना मा पर्यो । कार रोडको पर्खालमा बज्रिएछ। अर्ध निन्द्रा मै मेरो होश त्यहि गुमेछ । दुर्घटना पश्चात कसैले आफ्नो गाडीमा नजिकको अस्पताल पुर्याएर बेडम बसाउदा मात्र झण्डै ४५ मिनट पछि मेरो होश आएछ।

त्यस पछि पनि करिब ५ / ७ मिनट कहाँ बाट आए कहाँ छु पत्तै पाइन। गाड़ीको सिट बेल्ट र एयररव्यागले ज्यान जोगाएछ । सँगैका दुइ आयोजक भाइहरु रकताम्य देख्दा छन् मन झनै डरायो ।

राती ४ बजे होटल अस्पताल डिस्चार्ज भएर काठमाडौं आइपुगे। काठमाण्डौं मा करिब ६ घण्टा अस्पताल मा सिटी स्क्यान लगायत सबै जाँच पछि घरमा नै आराम गरिरहेको छु । मा छु। बाहिरी चोट भएपनि भित्र कुनै समस्या देखिएन सबै नेगेटिभ आएको छ। बिस्तारै सामान्य हुने क्रममा छु ।

अब कम्ति मा ३/४ दिन सबै रेकर्डीङ र अन्य कार्यक्रम स्थगित गरेको छु । आशा छ छिट्टै काममा फर्कने छु । एक हिसाब मा फेरि एक पटक भगवान ले हात थामिदिनु भएको छ ।

उपचारमा सग्लन डा राजन ,डा सृजना ,सिस्टर मन्जु अन्य नर्सहरु मनमोहन कार्डियो अस्पताल परिबार तथा दाङ अस्पताल कर्ण ओली , बिमल ढकाल भाइ लगायत सम्पुर्ण प्रति कृतज्ञ छु , नोगेन ।