• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

चितवनको कमलनगरमा भिषण आगलागि, करोडौंको क्षति भएको अनुमान



चितवनः भरतपुरस्थित कमलनगरमा मध्यरातमा शुरु भएको आगलागिबाट करोडौं रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीयबासी र सुरक्षाकर्मीको प्रयासमा आज बिहान ७ बजे आगलागि नियन्त्रणमा आएको छ ।

अग्निनियन्त्रणका लागि चार वटा दमकलको सहयोग लिइएको प्रत्यक्षदर्शीले बताएका छन् ।

भरतपुर महानगरपालिका–३ कमलनगरस्थित तुल्सीराम सापकोटाको चार तले घरमा आगो लागेको हो । नारायणगढ बजार क्षेत्रमा पर्ने घरमा आगो लागेपछि वरपरका बासिन्दा त्रसित भएका थिए । आगलागिको कारण खुलेको छैन ।

आगलागिबाट सो घरमा रहेका ६ वटा पसलका सामान जलेर नष्ट भएका छन् । क्षतिको पूर्ण विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

आगलागिबाट विष्णु प्रसाद लामिछानेको एक्सप्रेस मोबाइल पसल, विष्णु आचार्यको दुर्गा इलेक्ट्रोनिक पसल, बसन्त कार्कीको श्रीकृष्ण सप्लायर्स, शंकर सापकोटाको जुत्ता पसल, बासुदेव आचार्यको फेन्सी पसल र सूर्यमणि लामिछानेको दियालो फेन्सी पसलमा क्षति पुगेको छ ।