काठमाडौँ । संसद सचिवालयले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । सचिवालयका महासचिव भरतराज गौतमले भोली बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेका हुन् ।
भोलिको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिबाट प्राप्त अध्यादेश खारेजसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची समावेश गरिएको छ।
यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले महालेखा परीक्षणको ५८ औँ वार्षिक प्रतिवेदन २०७८ पेश गर्ने कार्यसूची छ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुख सापकोटाको भूमिकालाई लिएर भदौ २३ गतेबाट निरन्तर संसद अवरोध गर्दै आइरहेको छ।
यस्तो छ सम्भावित कार्यसूची