९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपाल त्रि.वि. शिक्षण अस्पतालमा भर्ना



अ+ अ-

 काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल  ज्वरो र खोकीको समस्याका कारण बुधबार साँझ त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा भर्ना हुनुभएको छ ।

नेपालकाे स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आराम सहित उपचार गर्नुपर्ने चिकित्सकहरूको सल्लाह रहेको उहाँको सचिवालयले जनाएको छ । नेपालको उपचारमा त्रि.वि शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास सहितको टोली संलग्न रहेको छ ।

नेपालको  स्वास्थ्य संवेदनशीलताका कारण अस्पतालमा भेटघाट बन्द गरिएको उहाँले नीजि सचिवालयले जनाएको छ ।