१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशमा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीले स्वदेशमै प्रयोगात्मक अभ्यास गर्न पाउने



अ+ अ-

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ का कारण प्रयोगात्मक अभ्यास पूरा नगरेका विदेशमा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीलाई आवेदन दिन आह्वान गरेको छ । कोभिडका कारण सम्बन्धित विदेशी विश्वविद्यालयमा प्रयोगात्मक अभ्यासको अवधि पूरा गर्ने अवस्था नभएका विषयमा स्वदेशमै प्रयोगात्मक अभ्यास अगाडि बढाउन आवश्यकपर्ने कार्यविधि तयार गर्ने विषयमा सुझाव दिन गठित कार्यदलको सुझाव बमोजिम मन्त्रालयले सो आह्वान गरिएको हो ।  

कार्यदलबाट सन् २०१५ को व्याचमा भर्ना भई हालसम्म सैद्धान्तिक अध्ययन पूरा गरेका विद्यार्थीलाई नेपालमा नै बाँकी अवधि प्रयोगात्मक अध्यास पूरा गर्नेसम्बन्धी चिकित्सा आयोग तथा सम्बन्धित निकायबाट विश्लेषणका लागि मन्त्रालयमार्फत आवश्यक विवरण सङ्कलन गर्न सिफारिस भएको थियो ।
     
आवेदन दिने विद्यार्थीले स्नातक तहको पढाइ पूरा भएको पत्र वा सैद्धान्तिक परीक्षा उत्तीर्ण भएको प्रमाणपत्र, आफू अध्ययनरत कलेज, विश्वविद्यालयमा गरेको प्रयोगात्मक अभ्यासको अवधि खुल्ने विवरणको कागजात पेश गर्नुपर्नेछ । आवेदन यही असोज १२ गते खुला भई यही असोज २२ गतेसम्म कायम रहने मन्त्रालयले जनाइएको छ ।