३ श्रावण २०८३, आईतवार
,
Latest
सुदूरपश्चिममा ९३ प्रतिशतभन्दा बढी रोपाइँ मोटरेबल पुल बनेपछि प्रयोगविहीन ‘झोलुङ्गे पुल’ जलमग्न माइतीघर क्षेत्र- फोटो फिचर हेटौँडाबाट जाने सबै मार्गमा यातायात सेवा सञ्चालन चन्द्रागिरिबाट लागुऔषधसहित दुई जना नियन्त्रणमा समृद्ध नेपालको आधार गुणस्तरीय पूर्वाधार, इन्जिनियरको भूमिका निर्णायक : मन्त्री श्रेष्ठ एकताको घोषणा गर्दै गैरआवासीय नेपाली संघ समन्वय परिषद् अमेरिकाको १५औँ वार्षिक साधारण सभा सुरु दक्षता र रुचिका आधारमा सांसदहरूलाई भुमिका दिनुपर्छः महासचिव पोखरेल नेपाली काँग्रेसको संस्थापन इतर पक्षद्वारा राष्ट्रिय भेलाको घोषणा, पार्टी एकता संकटमा परेको ठहर संस्थापन इतर पक्षले भन्यो–नेपाली काँग्रेसभित्रको आन्तरिक मेलमिलाप प्रयास विफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

परीक्षामा भीडभाड नगर्न गृह मन्त्रालयको ध्यानाकर्षण



अ+ अ-

काठमाडौं । गृह मन्त्रालयले विश्वविद्यालय तथा विद्यालयको लिने हरेक किसिमका परीक्षामा बाह्य मान्छेको भीडभाड बढेको भन्दै ध्यानाकर्षण गरेको छ ।

मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले आज एक विज्ञप्ति जारी गरी विभिन्न विश्वविद्यालय तथा विद्यालय तहका वार्षिक वा अन्य परीक्षामा परीक्षार्थीलाई उत्तरपुस्तिका वितरण गर्नुपूर्व वा परीक्षा अवधिभर कार्यलय प्रयोजनको लागि बाहेक अन्य कुनै पनि प्रकारको तस्बिर वा भिडियो नलिन आग्रह गर्नुभएको हो ।

उहाँले परीक्षामा तोकिएका निरीक्षकबाहेक अनुगमनका नाममा ठूलो सङ्ख्यामा बाह्य व्यक्ति एकैपटक वा पटक–पटक परीक्षा हलमा प्रवेश गरी परीक्षाको वातावरण अस्वस्थ बनाउने गरेको पाइएकाले त्यस्ता कार्य नगर्न नगराउन सम्बन्धित सबैमा जानकारी गराउनुभएको छ ।