५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा

निर्वाचन शान्तिपूर्ण तवरले घोषित मितिमा नै हुन्छः गृहमन्त्री खाण

निर्वाचन शान्तिपूर्ण तवरले घोषित मितिमा नै हुन्छः गृहमन्त्री खाण
file
अ+ अ-

चितवन । गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तहको निर्वाचन घोषणा भएकै मितिमा हुने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री खाणले निर्वाचन शान्तिपूर्ण वातावरणमा तोकिएकै मितिमा निस्पक्ष तवरले हुने बताउनुभयो ।

प्रतिपक्षी दलका नेताले सरकार निर्वाचन नगर्ने मनसायमा रहेको छ भन्दै हुनुहुन्छ नि भन्ने प्रश्नमा उहाँले भन्नुभयो, “संविधानसभाको निर्वाचन हुँदैन भन्थे भयो, कांग्रेसको महाधिवेशन हुँदैन भन्थे भयो यो हल्ला हो ।”

बागी उम्मेदवारका सम्बन्धमा मन्त्री खाणले कांग्रेसका स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिनेमा विश्वस्त रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ मेरा अग्रज नेताहरू हुनुहुन्छ । समकालिन हुनुहुन्छ । उहाँहरूसँग संवाद र छलफल गरेर कसरी पार्टीलाई अघि बढाउने चितवनको प्रतिष्ठा कसरी जोगाउने, मतदातालाई कसरी अपिल गर्ने त्यसमा सबैसँग परामर्श गरेर अघि बढ्छौँ ।”

उम्मेदवारी फिर्ता लिने समय रहेको भन्दै उहाँले भन्नुभयो, “पार्टीको निर्णयलाई सहजतापूर्वक लिएर उम्मेदवारी फिर्ता लिनुस् भनिएको छ । विश्वास छ नेता कार्यकर्ताले आफूले दिनुभएको उम्मेदवारी फिर्ता लिनुहुन्छ ।” कांग्रेसका नेता साथीहरूलाई कसरी सम्मान गर्न सकिन्छ भन्ने विषयमा मन र हृदय लिएर आफू चितवन आएको उहाँको भनाइ थियो ।

अहिलेको गठबन्धन संविधान र लोकतन्त्रको रक्षाका लागि बनेको भन्दै उहाँले भन्नुभयो, “अहिले राष्ट्रिय राजनीति गठबन्धनको जगमा उभिएको छ ।” यसलाई सबैले सहजतापूर्वक लिनुपर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “लोकतन्त्रको रक्षा र संविधानको रक्षाका लागि गठबन्धन आवश्यक छ ।”

काङ्ग्रेसको भावना प्रतिकूलभन्दा पनि यो गठबन्धन गर्दा खेरी आफूले चाहेको मात्रै नहुने बताउँदै उहाँले भन्नुभयो, “अर्को राजनीतिक शक्ति जो गठबन्धनमा आबद्ध छ, त्यो शक्तिसँग पनि संवाद छलफल हुन्छ । कहिलेकाहीँ एक कदम पछाडि पनि हट्नुपर्ने हुन्छ ।” मन्त्री खाणले शीर्ष नेताले निर्णय गर्नुभएकाले सो निर्णयलाई कार्यान्वयन गर्ने क्रममा सबैले त्यतिनै योगदान पुर्याउनुपर्ने बताउनुभयो ।