५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा

सशस्त्र प्रहरी महानिरीक्षक के.सी.बाट दर्ज्यानी चिन्ह प्रदान

सशस्त्र प्रहरी महानिरीक्षक के.सी.बाट दर्ज्यानी चिन्ह प्रदान
अ+ अ-

काठमाडौं I सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.ले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नती हुनुभएका राजु अर्याललाई बैशाख १४ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित विशेष समारोहका बीच उल्लेखित दर्जाको दर्ज्यानीचिन्ह प्रदान गर्नुभयो ।

नेपाल सरकार मन्त्रिपरिषद्को यही बैशाख १३ गतेको निर्णयले उहाँ सशस्त्र प्रहरी नायव महानिरीक्षक पदबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नती हुनुभएको हो ।

महानिरीक्षक के.सी.ले समारोहमा सम्बोधनको क्रममा पदोन्नती हुनु भएका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक अर्याललाई हार्दिक बधाई दिनुहुँदै
उहाँले संगठनमा रहेर आफ्नो नियुक्तिका क्षेत्रहरुमा सृजनशिल, चेतनशिल रहँदै सकारात्मक सोचकासाथ राष्ट्रको सुरक्षा र आम नागरिकको सेवा तथा
सांगठनिक बिकासमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै नेपाल सरकारले पदोन्नती प्रदान गरेको उल्लेख गर्नुहुँदै उहाँलाई कार्य सफलताको समेत
शुभकामना व्यक्त गर्नुभयो ।

उहाँले पदोन्नती बृद्धि विकासको महत्वपूर्ण पाटोको रुपमा रहेको चर्चा गर्नुहुँदै नेतृत्व तहमा रहेका सशस्त्र प्रहरी अधिकृतहरुले निःस्वार्थ भावनाकासाथ फौजी संकार र पद्धतीको पालना गर्दै नीति नियम, कार्यविधिलाई जीवन्त बनाउँदै मातहतका कर्मचारीहरुलाई प्रेरणा मिल्ने गरी उदाहरणीय, भरपर्दो, रहर लाग्दो कार्य पद्धती अपनाई कार्यसम्पादनमा क्रियाशिल रहनु पर्नेमा जोड दिनुहुँदै शान्ति सुरक्षा, सीमा सुरक्षा, राजश्व चुहावट नियन्त्रण, विपद् उद्वार लगायतका सांगठनिक जिम्मेवारीहरुमा खरो रुपमा उत्रन सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत निर्देशन दिनुभयो।

सोही अवसरमा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती ज्योती के.सी.ले संघकी नवनियुक्त उपाध्यक्ष श्रीमती अनिता अर्याललाई फुलमालाका साथ हार्दिक बधाई दिनुहुँदै सो संघमा स्वागत गर्नुभएको हो ।

वि.सं. २०५४ साल चैत्र १८ गते नेपाल प्रहरीको प्रहरी निरीक्षक पदबाट  सेवा प्रवेश गर्नुभएका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक राजु अर्याल
२०५८ सालमा सशस्त्र प्रहरी बल नेपालतर्फ स्थानान्तर हुनुभएको थियो ।

समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल लगायत  सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरु, सशस्त्र प्रहरी परिवार
महिला संघका पदाधिकारीहरु तथा सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।