१६ असार २०८३, मंगलवार
,
Latest
काठमाडौं केन्द्रित नार्कको काज प्रथामा अन्त्य, दुर्गममा कर्मचारी अनिवार्य खटाइने ९ दिनदेखि माइतीघरमा दृष्टिविहीनको आन्दोलन: रोजगारी वा बेरोजगार भत्ता माग कोशी प्रदेशसभा बैठक फेरि स्थगित, अब असार १८ गते बस्ने चितवनमा ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह सरकारले हुलाक सेवालाई पनि निजी क्षेत्रको सहकार्यमा अघि बढाउने योजना बनाएको छः सञ्चारमन्त्री तिमिल्सिना जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा जलवायु अनुकूलनमा नेपाललाई १ अर्ब ३३ करोड अनुदान, ६० हजार घरधुरी लाभान्वित रास्वपाले अद्यावधिक केन्द्रीय सदस्यको अन्तिम नामावली सार्वजनिक, पूजा बास्तोला र ध्रुव थापा मगर थपिए दुई सातामै उठ्यो ४२ करोड बढी बक्यौता, भाडा नतिर्ने उद्योगको लाइन काटियो सुनको मूल्य एकैदिन तोलामा ४ हजार ५०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भाइरल ज्वरोबाट मृत्यु, कोरोना हुनसक्ने आशङ्का



अ+ अ-

बैतडी । भाइरल ज्वरोका एक बिरामीको मृत्यु भएको छ । दोगडाकेदार गाउँपालिका–५ वनकाडाका ३८ वर्षीय प्रमानन्द भट्टको आज मृत्यु भएको हो । गएको तीन हप्तादेखि ज्वरो आएकामा उहाँलाई मङ्गलबार जिल्ला अस्पताल बैतडीमा भर्ना गरिएको थियो ।  जाँच गर्दा प्रमानन्दको रगतमा सङ्क्रमण देखिएको जिल्ला अस्पताल बैतडीका निमित्त प्रमुख डाक्टर डम्बरजङ्ग सिंहले जानकारी दिनुभयो । 

भट्टलाई ज्वरो, रुघाखोकी, पखाला, श्वासप्रश्वासमा समस्या रहेको थियो । उहाँले भन्नुभयो, “जाँच गर्दा भाइरल ज्वरो बढी देखिएको थियो, कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकाले ¥यापिड डाइग्नोस्टिक टेस्ट आरडिटी गर्दा रिपोर्ट नेगेटिभ आयो ।”

अस्पतालमै भर्ना गर्नुपर्ने अवस्था नभए पनि औषधि लगेर प्रमानन्दलाई मङ्गलबार घर लगिएको थियो । आरडिटी गर्दा रिपोर्ट नेगेटिभ आएको भए पनि पीसीआर गर्नका लागि स्वाब सङ्कलन गरिएको छ । स्वाबको रिपोर्ट भने आउन बाँकी छ ।  पीसीआर रिपोर्ट आउन बाँकी रहेकाले प्रमानन्दलाई कोरोना पनि हुनसक्ने डाक्टर सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “रगतमा सङ्क्रमण देखिएको छ, कोरोना पनि देखिनेसक्ने सम्भावना छ ।”

मङ्गलबार रातिदेखि नै प्रमानन्दको स्वास्थ्य थप समस्या आएपछि बुधबार बिहानै उपचारका लागि धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । सतबाँझबाटै श्वासप्रश्वासमा समस्या आएका भट्टलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो । मृतकको शव घर लगिएको छ । घरपरिवारले शव बिहीबार जलाउने तयारी गरेका छन् । मृतक भट्टका श्रीमती, दुई छोरी र एक छोरा रहेका छन् ।