१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भाइरल ज्वरोबाट मृत्यु, कोरोना हुनसक्ने आशङ्का



अ+ अ-

बैतडी । भाइरल ज्वरोका एक बिरामीको मृत्यु भएको छ । दोगडाकेदार गाउँपालिका–५ वनकाडाका ३८ वर्षीय प्रमानन्द भट्टको आज मृत्यु भएको हो । गएको तीन हप्तादेखि ज्वरो आएकामा उहाँलाई मङ्गलबार जिल्ला अस्पताल बैतडीमा भर्ना गरिएको थियो ।  जाँच गर्दा प्रमानन्दको रगतमा सङ्क्रमण देखिएको जिल्ला अस्पताल बैतडीका निमित्त प्रमुख डाक्टर डम्बरजङ्ग सिंहले जानकारी दिनुभयो । 

भट्टलाई ज्वरो, रुघाखोकी, पखाला, श्वासप्रश्वासमा समस्या रहेको थियो । उहाँले भन्नुभयो, “जाँच गर्दा भाइरल ज्वरो बढी देखिएको थियो, कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकाले ¥यापिड डाइग्नोस्टिक टेस्ट आरडिटी गर्दा रिपोर्ट नेगेटिभ आयो ।”

अस्पतालमै भर्ना गर्नुपर्ने अवस्था नभए पनि औषधि लगेर प्रमानन्दलाई मङ्गलबार घर लगिएको थियो । आरडिटी गर्दा रिपोर्ट नेगेटिभ आएको भए पनि पीसीआर गर्नका लागि स्वाब सङ्कलन गरिएको छ । स्वाबको रिपोर्ट भने आउन बाँकी छ ।  पीसीआर रिपोर्ट आउन बाँकी रहेकाले प्रमानन्दलाई कोरोना पनि हुनसक्ने डाक्टर सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “रगतमा सङ्क्रमण देखिएको छ, कोरोना पनि देखिनेसक्ने सम्भावना छ ।”

मङ्गलबार रातिदेखि नै प्रमानन्दको स्वास्थ्य थप समस्या आएपछि बुधबार बिहानै उपचारका लागि धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । सतबाँझबाटै श्वासप्रश्वासमा समस्या आएका भट्टलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो । मृतकको शव घर लगिएको छ । घरपरिवारले शव बिहीबार जलाउने तयारी गरेका छन् । मृतक भट्टका श्रीमती, दुई छोरी र एक छोरा रहेका छन् ।