• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo

‘कबड्डी ४’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)



काठमाडौँ । नेपाली कथानक चलचित्र ‘कबड्डी–४’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको ट्रेलर बुधबार दिउँसो सुष्मा प्रोडक्शन ग्लोबल च्यानलमार्फत युट्युबमा सार्वजनिक भएको हो ।

रामबाबु गुरुङले निर्देशन गरेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल लगायत कलाकारको भूमिका रहेको छ ।

कबड्डी–४ को रिलिज डेट परिवर्तन भएको छ । अब ‘कबड्डी–४’ दर्शकले जेठ १३ गते हेर्न पाउनेछन् । वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएका कारण पूर्व निर्धारित मितिमा चलचित्र प्रदर्शन गर्न नसकिएको निर्देशक रामबाबु गुरुङले जनाएका छन् ।