५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

दुई गाग्री पानी लिन एक बिहान खर्चिनुपर्ने बाध्यता

दुई गाग्री पानी लिन एक बिहान खर्चिनुपर्ने बाध्यता
अ+ अ-

तनहुँ । टोलटोलमा पानीको धारा राखिएको छ । बिहान सबेरै उठेर लाइनमा बस्न सकिएन भने रित्तै गाग्री फकाउर्नु पर्छ, पालो पाएमा बल्लतल्ल दुई-तीन गाग्री पानी भर्न पाइन्छ, व्यासनगरपालिका–५ पतेनीका बासिन्दाले यस्तै सास्ती खेप्दै आएका छन् ।

यहाँ जडान गरिएका धारामा प्रशस्त र लामो समयसम्म पानी नआउँदा पतेनीका बासिन्दाले खानेपानीको चर्को समस्या भोग्दै आएका हुन् । धारामा पानी आएन भने कुवा तथा खोलामा पानी लिन जानुपर्ने बाध्यता रहेको दरै टोल संस्थाका सदस्य विष्णुबहादुर दरैले बताउनुभयो । विसं ०६१ मा म्याग्दे गाउँपालिका–१ गुणादी बरचौर खोल्सीबाट सेडा नेपाल नामक गैरसरकारी संस्थाको सहयोगमा खानेपानी वितरण गरे पनि बढ्दो बस्ती विस्तारका कारण पानीको स्रोतले धान्न नसक्दा स्थानीयवासीलाई खानेपानीको व्यवस्थापन गर्न सकस भएको छ ।

धारामा दैनिक पानी नआउने र आएपनि प्रशस्त नआउँदा त्यस क्षेत्रका स्थानीयवासी एक गाग्री पानीका लागि घन्टौँ खर्चन बाध्य छन् । घरनजिकै धारा नभएकाले उनीहरूले पानीका लागि कुवा धाउनुपर्छ । त्यो पनि तीन घन्टाभन्दा बढी समय लगाएर । धारामा पानी आएन भने कुवा तथा खोलामा पानी लिन जानुपर्ने बाध्यता रहेको दरैको भनाइ छ ।

उक्त वडाका बिर्ता पतेनी, साँघे, पतेनी र काउरा टोलका करिब ४०० घरधुरीका बासिन्दा खानेपानीको चर्को समस्या भोग्दै आएका छन् । अघिल्लो निर्वाचनको समयमा जनप्रतिनिधिहरुले खानेपानीको समस्या समाधान गर्ने आश्वासन दिए पनि जितेर गएपछि बेवास्ता गर्ने गरिएको उहाँले बताउनुभयो ।

चुनावको समयमा झुटो आश्वासन बाँडे तर खानेपानीको समस्या ज्यूँका त्यूँ छ भोट दिएर गल्ती गरिएको महसुस गर्न थालिएको छ । यस वर्ष जसले हाम्रो समस्या सुनिदिन्छ, उसैलाई भोट दिने सोच बनाएको स्थानीयवासी बताउँछन् । खानेपानी पानी त पुग्दैन कहाँको नुहाउन धुवाउन पुगोस् उहाँले भन्नुभयो, “जीवन धान्न बडो मुस्किल भएको छ ।”

दरैले भन्नुभयो, “गाउँमा पानी नभएकाले स्थानीयवासीले तीन घन्टा खर्चिएर पँधेराबाट एक गाग्री पानी ल्याउनुपर्ने बाध्यता छ ।” उहाँका अनुसार बिहान उठ्नेबित्तिकै पानी लिन स्थानीयवासी बेँसी झर्छन् । खोलानजिक रहेको सानो मूल भएको एउटा कुवा छ । त्यहीँबाट गाउँका स्थानीयवासीले पानी ल्याउँछन् । “पानी भर्ने पालो पाउन पनि गाह्रो हुन्छ । एकैपटक गाउँका सबै मानिस पानी लिन जाँदा त निकै भिडभाड पो देखिन्छ”, उहाँले भन्नुभयो, “पानी भर्नै एक बिहान सक्नुपर्ने बाध्यता छ । खाना पकाएर आफ्ना छोराछोरीलाई विद्यालय पठाउन निकै सकस झेल्नु परेको छ ।”

त्यस्तै समस्या सोही वडास्थित पतेनी टोलका बासिन्दाको अवस्था पनि ज्यूँका त्यूँ रहेको छ । खानेपानी भर्नका लागि बिहान एकजना जनशक्ति नै खटिनुपर्ने अवस्था रहेको पतेनी टोलका स्थानीयवासी नवराज पौडेलले बताउनुभयो । साँघे र मादी नदीको बीचमा रहेर पनि खानेपानीबाट वञ्चित हुनु लजास्पद कुरा भएको स्थानीयवासी एवम् शिक्षिका अम्बिका बास्तोलाले बताउनुभयो ।

जिल्लाको दुर्गम बस्तीका घरघरमा पानीको धारा पुगे पनि सदरमुकाम दमौलीदेखि करिब तीन किलोमिटर दूरीमा रहेको उक्त वडाका बासिन्दाले कठिनाइ भोग्दै आएका छन् । पानी भर्न पालो मिच्दा कहिलेकाहीँ झगडा नै हुने गरेको उहाँले बताउनुभयो ।

घरमै खानेपानीको आशामा स्थानीयवासी
पछिल्लो समय बढ्दो वन–विनाशका कारण पानीका मुहान सुक्दै गएकाले त्यस क्षेत्रमा पानीको समस्या देखिएको हो । लामो समयदेखि खानेपानीको चरम अभाव झेलेका पतेनी टोलवासीले धारामा प्रशस्त पानी आए ठूलो समस्या समाधान हुने आशामा छन् । (रासस, सानेबहादुर नेपाली)