• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

च्याम्पियन्स लिगः रियल मड्रिडलाई म्यान्चेस्टर सिटीले ४–३ ले हरायो



एजेन्सी । च्याम्पियन्स लिगको सेमिफाइनल खेल अन्तर्गत पहिलो चरणमा इंग्लिस क्लब म्यान्चेस्टर सिटीले स्पेनिस क्लब रियल मड्रिडविरुद्ध रोमाञ्चक जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा सिटीले घरेलु मैदान इतिहाडमा रियललाई ४–३ गोलले पराजित गरेको हो । खेलको दोस्रो मिनेटमा नै सिटीले केभिन डी ब्रुएनाको गोलबाट सुरुवाती अग्रता बनाएको थियो ।

११ औं मिनेटमा गाब्रियल जिससले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । ३३ औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियललाई २–१ को स्थितीमा ल्याए । ५३ औं मिनेटमा फिल फोडेनले गोल गर्दा सिटी ३–१ को अवस्थामा रह्यो ।

तर, ५५ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई ३–२ को अवस्थामा ल्याए । उता, बर्नार्डो सिल्भाले गोल गर्दै सिटीलाई ४–२ गोलको अग्रता दिलाए ।

८२ औं मिनेटमा रियलले पेनाल्टी पायो । कप्तान बेन्जेमाले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै खेललाई ४–३ को अवस्थामा पुर्याए ।

अब यी दुईटीमबीच दोस्रो चरणको खेल मे ५ मा हुनेछ ।