२४ भाद्र २०८३, बुधबार
,
Latest
एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी विश्वमै असाधारण विपत्ति : टनेल विशेषज्ञ आर्नोल्ड डिक्स रास्वपालाई विपद्‌मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन कांग्रेसभित्रका मतभेद संवादबाटै समाधान गर्छौँ: देउवा विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः बार्सिलोना बेन्फिकासँग पराजित



अ+ अ-

एजेन्सी । युइएफए च्याम्पियन्स लिगको समूह चरण अन्तर्गतको खेलमा स्पेनिस क्लब बार्सिलोना पोर्चुगिज क्लब बेन्फिाकासँग पराजित भएको छ ।

बार्सिलोनाले घरेलु टोली बेन्फिकासँग ३–०  गोलको को लज्जास्पद हार ब्यहोरेको हो ।

बेन्फिकाको जितमा डार्विन नुनेजले दुई गोल गरे भने राफा सिल्भाले एक गोल गरे । बार्सिलोनाविरुद्ध बेन्फिकाले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गरेको थियो ।

घरेलु टोली बेन्फिकाले खेलको तेस्रो मिनेटमा नै डार्विन नुनेजको गोलबाट अग्रता लिएको थियो । यस्तै ६९औं मिनेटमा राफा सिल्भाले जोओ मारियोको पासमा गोल गर्दै बेन्फिकाको अग्रता दोब्बर पारे ।

७९औं मिनेटमा बेन्फिकाले पेनाल्टी पायो । डार्विन नुनेजले पेनाल्टीको सदुपयोग गर्दै गोल गरे । 

योसँगै बेन्फिकाले पहिलो जित निकालेको छ । बेन्फिकाले पहिलो खेल डिनामो किएभसँग गोलरहित बराबरी खेलेको थियो । 

यता बार्सिलोनाको भने यो दोस्रो हार हो । यसअघि बार्सिलोना जर्मन महारथी बायर्न म्युनिखसँग ३–० ले पराजित भएको थियो ।

यो जितसँगै बेन्फिका समूह ‘ई’ मा दुई खेलबाट ४ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ । यता बार्सिलोना अंकबिहिन रहँदै तालिकाको पुछारमा छ ।