६ श्रावण २०८३, बुधबार
,
Latest
भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै एमालेका ६ मन्त्रीद्वारा बागमती प्रदेश सरकारबाट सामूहिक राजीनामा वीपी स्मृति दिवसमा काँग्रेसद्वारा ‘ग्रीन रन’ आयोजना, मुकेश पाल प्रथम आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार वर्षपछि सातदोबाटोको पौडी पोखरी बुधबारदेखि खुल्ने



सात दाेबाटोस्थित पाैडी पाेखरीकाे मर्मत पछि खुला गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, २०७९ वैशाख १३ गते ।
अ+ अ-

काठमाडौंः सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको पौडी पोखरी सर्वसाधारणका लागि बुधबारदेखि खुल्ने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले पौडी पोखरीको मंगलबार औपचारिक शुभारम्भ गर्नुभयो । मर्मत सम्भार, कोभिडलगायत कारणले ४ वर्षपछि बन्द रहेको पौडी पोखरी सर्वसाधारणका लागि पहिलो पटक खुल्न लागेको हो ।

पौडी पोखरी तीन सिफ्टमा सञ्चालन गरिने परिसरका प्रमुख देवराज कटुवालले बताउनुभएको छ । १०–१२, १–३ र ४–७ बजेसम्म गरी तीन सिफ्टमा पौडी पोखरी सञ्चालन गरिने छ । साधारणतर्फ टिकट दर २०० तथा कम्तीमा १० जनाको समूहका लागि टिकट दर १५० तोकिएको छ ।

पौडी पोखरीमा लकर, सावर, प्रशिक्षण, लाइफ गार्डलगायतका सुविधा छन् । मासिक, त्रैमासिक र फुल सिजन सदस्यताको पनि व्यवस्था रहेको परिषदले जनाएको छ ।

सदस्य–सचिव घिसिङले सुरक्षा, प्रशिक्षणलगायत हरेक दृष्टिकोणले पौडी पोखरी व्यवस्थित ढंगले सञ्चालन गर्न निर्देशन दिनुभयो ।