२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राखेपद्वारा छ जना खेलाडीलाई आर्थिक सहयोग



अ+ अ-

काठमाडौंः राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको राष्ट्रिय खेलाडी कल्याणकारी कोषले स्वास्थ्य उपचार गराइ रहेका विभिन्न ५ खेलका ६ जना खेलाडीलाई मंगलबार आर्थिक सहयोग प्रदान गरेको छ । परिषदले ६ खेलाडीलाई ५ लाख ५६ हजार ८ सय ४३ रुपैयाँ हस्तान्तरण गरेको जनाएको छ ।

नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका एथलेटिक्सका जितबहादुर केसी र कराँतेका विष्णु नेपालीलाई समान १ लाख २५ हजार रुपैयाँ प्रदान गरिएको छ भने भलिबलकी रिया कुँवरलाई ६३ हजार ९२९, आईटीएफ तेक्वान्दोका दीपक गौतमलाई रु ८७ हजार ९१४, कराँतेकी कोपिला विष्टलाई रु ७५ हजार र ब्याडमिन्टनकी सीमा राजवंशीलाई रु. ८० हजार प्रदान गरिएको छ ।

केसीलाई हातमा चोट लागेको छ भने विष्णुलाई पक्षघात, रिया, सीमा र कोपिलालाई गोडामा चोट तथा दीपकलाई काँघको समस्या रहेको परिषदले जनाएको छ ।

कोषका अध्यक्ष समेत रहेका राखेपका सदस्य–सचिव टंकलाल घिसिङले खेलाडीलाई उक्त रकम बराबरको चेक एक कार्यक्रमबीच हस्तान्तरण गर्नु भएको छ । कोषका सदस्य–सचिव समेत रहेका नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठलगायतका पदाधिकारीको उपस्थितिमा सहयोग वितरण गरिएको हो ।

सदस्य–सचिव घिसिङले सानो सहयोगले पनि ठूलो अर्थ राख्ने बताउँदै कोषको आयतन बढाउनु पर्नेमा जोड दिनुभयो ।