• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

चितवनमा दुई हजार २५० जनाको उम्मेदवारी दर्ता



चितवन । स्थानीय तहको निर्वाचनका लागि जिल्लामा दुई हजार २५० जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लामा रहेका सात पालिका प्रमुख, उपप्रमुख र ९८ वटा वडामा वडाध्यक्ष वडा सदस्य गरी सो सङ्ख्यामा उम्मेदवारी दर्ता गराएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सात पालिकामध्ये ६ पालिका प्रमुखमा ७४ जना, उपप्रमुखमा ४५ जना गाउँपालिका अध्यक्षमा ५ जना, उपाध्यक्षमा दुई जनाको उम्मेदवारी परेको हो । कार्यालयका अनुसार ९८ वटा वडाको वडाध्यक्षका लागि ५०१ जनाको उम्मेदवारी परेको हो ।

यस्तै महिला सदस्यमा ४१४ जना, दलित महिला सदस्यमा ३५१ जना र खुल्ला सदस्यमा ८५८ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । जिल्लामा एक महानगरपालिका, पाँच नगरपालिका र एउटा गाउँपालिका रहेका छन् । सात पालिकामा गरी तीन लाख ९७ हजार ६८५ मतदाता रहेका छन् ।

जसमध्ये दुई लाख चार हजार ६६६ महिला र एक लाख ९३ हजार १८ पुरुष रहेका छन् । अन्य एक जना मतदाता रहेको आयोगले जनाएको छ । रासस