• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली ★   सर्वोच्चद्वारा गृहमन्त्री लामिछानेविरूद्ध कास्की प्रहरीमा परेको जाहेरी माग ★   युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा

जसपा चितवनमा गठबन्धनबाट बाहिरियो



भरतपुर । गठबन्धनमा रहेका अन्य दलहरूले महत्त्व नदिएको भन्दै जनता समाजवादी पार्टी (जसपा) चितवनको पाँच दलीय गठबन्धनबाट बाहिरिएको छ ।

जसपाले गठबन्धनको राजनीतिक महत्व, हैसियत, मर्म र भावनाविपरीत नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले कार्य गरेको बताउँदै गठबन्धनबाट बाहिरिएको हो ।

जसपा भरतपुरका अध्यक्ष अनुज जोशीले गठबन्धनको बैठकमा आफूहरूलाई नबोलाइएको र २९ वटै वडामा अध्यक्षसहित सदस्यहरूमा मनोमानी ढंगबाट बाँडफाँट गरिएकाले गठबन्धनबाट बाहिरिनुपरेको बताए ।